धरानमा गणेशमान सिंहको शतबार्षिकी कार्यक्रम


धरान । निरंकुश पंचायतविरुद्ध २०४६ सालमा भएको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको एक सयौं जन्मजयन्ती(शत बार्षिकी) कार्यक्रम धरानमा पनि मनाइएको छ । शत बार्षिकीको अवसरमा गणेशमान सिंह फाउण्डेशन सुनसरी शाखाले शतबार्षिकी अवसरमा सोमबार धरान १६ स्थित सालिकमा माल्र्याणमा गरेर मनाएको हो । आइतबार सालिकको सरसफाई गरेको फाउण्डेशनले मंगलबार धरान १६ स्थित सुस्त मनस्थिति बाल कल्याण संस्थालाई २ थान पंखा वितरण गर्ने पनि जानकारी दिएको छ । मा
्फाउण्डेशनका सचिव एवं कार्यक्रम संजोजक विनोद नेपालका अनुसार सिंहको शतबार्षिकी अवसरमा यो बर्षभरि नै विविध कार्यक्रमहरु आयोजना गरिनेछ । ‘आज उहाँको एक सयौं जन्म जयन्ती परेकोले तीन दिने कार्यक्रम बनाएका छौं, तर यो बर्षभरि नै विविध कार्यक्रम गर्ने योजना छ’–उनले भने । सालिकमा माल्र्यापण गर्ने कार्यक्रमसँगै सालिक स्थापनादेखि नै संरक्षण र रेखदेख गर्दै आएका पुर्णबहादुर राईलाई नगद एक हजारसहित सम्मान पनि गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डेशनका सदस्य आनन्द आचार्यले एकै व्यक्तिले दुई वटा क्रान्तिको नेतृत्व गर्ने विश्वका विरलै व्यक्तिमा गणेशमान सिंह पर्ने धारणा व्यक्त गरे । उनको आदर्श र मान्यतामा नेपाली राजनीति अघि बढेको भए राजनीतिक बिग्रह नआउने पनि आचार्यको भनाई थियो । ‘उहाँले राणा शासनविरुद्ध २००७ सालको क्रान्ति र पंचायती शासनविरुद्ध २०४६ सालको आन्दोलनको नेतृत्व गर्नुभएको थियो, एकै व्यक्तिले दुई क्रान्तिको नेतृत्व भएको यो विरलै घटना हो’–आचार्यले भने–‘उहाँले बहुदल स्थापना पछि अब राजनीतिक विवाद सकियो, आर्थिक क्रान्तिमा लाग्नुपर्छ भन्नु भएको थियो । यस्तै शासनप्रणालीमा ४ वर्ण ३६ जातकै प्रतिनिधित्व हुनुपर्छ, पार्टी लोकतान्त्रिक पद्दती र मर्यादाअनुसार चल्नुपर्छ भन्ने उहाँको मान्यता थियो, यो बाटोमा देश हिडेको भए आजको राजनीतिक बिग्रह हुने थिएन ।’



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे