ब्राउन सुगरका मुख्य कारोबारी पक्राउ


धरान । पूर्वी पहाडी जिल्लामा हुने लागुऔषध ब्राउन सुगर करोबारका मुख्य नाइकेलाई पक्राउ गर्न धरान प्रहरी सफल भएको छ । सुनसरीको भोक्राहा गाविस २ का ४३ बर्षीय कासिम मिया अन्सारीलाई ब्राउन सुगर र ठुलो परिमाणमा नगदसहित इलाका प्रहरी कार्यायल धरानले पक्राउ गरेको हो ।
अन्सारीको साथबाट २ सय ३० ग्राम ब्राउन सुगर र ८ लाख ४४ हजार ५ सय रुपैया बरामद भएको डिएसपी सञ्जय सिंह थापाले जानकारी दिए । उनका अनुसार बुधबार धरान ८ स्थित तीनकुने चोकमा चेकजाच एवं खानतलासी गर्नेक्रममा मोटरसाइकलमा इटहरीबाट धरान आइरहेका अन्सारी पक्राउ परेका हुन् । चेकजाँचको क्रममा स्टकोटको भित्री गोजीमा तत्काल नगद एक लाख ७२ हजार ५ सय र पेन्टको दाँया गोजीमा ब्राउन सुगरजस्तो देखि खैरो धुलो पदार्थ प्लाष्टिकमा प्याक गरेको अवस्थामा भेटिएपछि उनलाई प्रहरी कार्यालय ल्याएर प्रहरीले अनुसन्धान थालेको थियो ।


‘कार्यालयमा ल्याएर सोधपुछ गर्दा अरु ब्राउन सुगर घरमा लुकाई राखेको खुल्यो । तत्कालै जिल्ला प्रहरी कार्यालयसहितको संयुक्त टोली गएर घरमा खानतलासी गर्दा लुकाई राखेको ब्राउन सुगर, हाते तराज, डिजिटल तराजु र नगद फेला पार्यौं’–डिएसपी थापाले भने–‘घरमा बसेर इटहरी, धरान, धनकुटा, भोजपुर, संखुवासभालगायत पहाडी जिल्लामा ब्राउन सुगर सप्लाई गर्ने मुख्य व्यक्ति रहेछन् ।’ प्रहरीका अनुसार तीनकुने चेकबाट अन्सारीको साथबाट ३० ग्राम ब्राउन सुगर र एक लाख ७२ हजार ५ सय रुपैया वरामद भएको थियो भने उनको घरबाट थप २ सय ग्राम ब्राउन सुगर, थप ६ लाख ७२ हजार रुपैया र १४ हजार भारतीय रुपैया फेला परेको थियो । उनको साथबाट को १५ प ३००८ नम्बरको मोटरसाइकल पनि वरामद भएको छ ।
प्रहरीका अनुसार पहाडी जिल्लाबाट ब्राउन सुगरका सब डिलरहरु आफै सम्पर्क गरी खरीद गर्न आउने गरेको वयान अन्सारीले दिएका छन् । एक ग्राम ब्राउन सुगरको बजार मुल्य न्युनतम एक हजार ५ सय रुपैया रहेको प्रहरीको अनुमान छ । ‘ब्राउन सुगरको मुख्य डिलर नै यिनै रहेछन् । धरान, इटहरी, धनकुटा, भोजपुरलगायत क्षेत्रको ५० प्रतिशत कारोबार उ मार्फत हुने गरेको रहेछ’–प्रहरी निरीक्षक मुकुन्द रिजालले भने । उनलाई लागुऔषध नियन्त्रण ऐनअन्र्तगत कारबाही अघि बढाएको र थप कारोबारीको खोजी भइरहेको बताए ।

यसैगरि, धरान १७ का २१ बर्षीय निमा लामा र २८ बर्षीय केदार राईलाई घरेलु हतियार भरुवा बन्दुकसहित पक्राउ गरेको इलाका प्रहरी कार्यायले जनाएको छ । स्थानीयबासीले हतियार लिएर हिडिरहेको सुचनाको आधारमा बिहिबार बिहान करिब पौने ४ बजे डिएसपी थापाको कमाण्डमा गएको प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । प्रहरी देख्नासाथ बन्दुक छोडेर भागेका दुवैलाई जंगलको झाडीमा लुकेको अवस्थमा पक्राउ गरिएको डिएसपी थापाले बताए । दुवैलाई हातहतियार तथा खरखजना ऐनअन्र्तगत कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे