अमर सेवा समाजको बहुउद्देश्यीय भवनलाई सहयोग जारी

समाजका सचिव गोपाल श्रेष्ठ‘प्रयास’का अनुसार सुनगाभा बोर्डिङ स्कूलले स्कूलका संस्थापक प्रिन्सिपल स्वर्गिय विमल निरौलाको स्मृतिमा नगद प्रदान गरेको हो । स्कूलकी संस्थापिका तथा स्व. निरौलाकी श्रीमति अमिता निरौलाले भवन निर्माण समितिका अध्यक्ष हरीबहादुर लिम्बूलाई हस्तान्तरण गरेकी थिईन् । यसैगरि, धरान १३ का दिपेन्द्र राईले १ लाख ५ हजार, गोविन्द सुब्बाले एक लाख १ सय रुपैंया, ईश्वरमाया राईले ५५ हजार ५ सय ५५,हंसबहादुर लिम्बूले २५ हजार एक रुपैंया, देउकुमार राईले १५ हजार ५ सय ५५ र नेत्र प्रसाद काफ्लेले ११ हजार १ सय ५१ रुपैंया सहयोग गरेका छन् । सोही वडाकी दुवामाया राईबाट १ लाख ५ हजार, मोहन राई तिलकबाट १२ हजार १२ रुपैंया पनि सहयोग प्राप्त भएको सचिव श्रेष्ठले जानकारी दिए । हाल हङकङमा कार्यरत समाजका सदस्य सुनिता लिम्बूले पनि २ लाख २५ हजार रकम सहयोग गरेको समाजले जनाएको छ ।
भवन निर्माणको लागि यसअघिनै विभिन्न ब्यक्तिहरुबाट ३० लाखभन्दा बढी सहयोग प्राप्त भइसकेको समितिका कोषाध्यक्ष देउकुमार राईले बताए । उनले हालसम्म करिब ४० लाख रकम संकलन भएको र विभिन्न स्थानबाट समेत सहयोग आउनेक्रम रहेको जानकारी दिए । धरानलाई खेलकूदको शहरका रुपमा परिचित गराउन समाजले भलिबल, टेवुल टेनिस र बास्केटबल ग्राउण्ड सञ्चालन गरेकोमा सोही संरचनालाई अत्याधुनिक बनाउनका लागि झण्डै १ करोड बढीको भवन बनाउन लागेको अध्यक्ष हरिबहादुर लिम्बूले बताए । भवन निर्माण सहयोग जुटाउन भवन निर्माण समितिका पदाधिकारीहरु सुनसरी क्षेत्र नं. १ का सभासद् लगायत धरानप्रति सहयोग गर्ने विभिन्न दाताहरुलाई अनुरोध गर्न काठमाण्डांै जाने तयारीमा छन् । आगामी मंसिरको पहिलो हप्ता भवनको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

Comments
Post a Comment