रविको टिमलाई प्रो–एम उपाधि(फोटोफिचर)

स्टेबल फोर्ड फुल ह्याण्डीक्याप आधारमा खेलाइएको स्पर्धामा खड्कासँगै एमेच्योर खेलाडी विना सापकोटा, रुपेन्द्र गुरुङ र रामबहादुर तामाङको टिम पहिलो भएको हो । व्यावसायिक खेलाडी खड्काले ३७ स्कोर गरेका थिए भने विनाले ४२, रुपेन्द्रले ३४ र रामबहादुरले ३१ स्कोर गरेका थिए ।
स्पर्धामा व्यावसायिक खेलाडी पशुपति शर्माको टिम दोस्रो भयो । शर्माको टिममा एमेच्योर खेलाडीहरु काजी राई, विरेन्द्र राई र तिलक राई थिए । शर्माले ३६ स्कोर गरे भने काजीले ३४, विरेन्द्रले ३४ र तिलक राईले ४१ स्कोर गरे । यसैगरि, स्पर्धामा उमेश नगरकोटीको टिम तेस्रो भएको थियो । नगरकोटीले ३५ स्कोर गरे भने उनको टिमका एमेच्योर खेलाडी पुर्ण लिम्बूले ४०, वलराम राईले ३५ र गजेन्द्र लिम्बूले ३३ स्कोर गरेका थिए ।
स्पर्धामा महिलातर्फ ४२ स्कोर गरेकी विना सापकोटा विजेता बनिन् भने पुरुषतर्फ ४१ स्कोर गरेका तिलक राई विजेता बने । यस्तै, नियरेष्ट टु दि पिनको पुरस्कार पुर्ण लिम्बूले पाए भने लङ्गेष्ट ड्राइभको पुरस्कार रामबहादुर तामाङले हात पारे ।


Comments
Post a Comment