राष्ट्रिय प्रतियोगिताको लागि करातेका खेलाडी छनौट



धरान । पूर्वाञ्चल क्षेत्रीय कराते छनौट प्रतियोगितामा सुनसरी जिल्ला टिम च्याम्पियन बनेको छ । शनिबार धरानस्थित कवर्ड हलमा आयोजित प्रतियोगितामा ११ वटा इभेन्ट्समा प्रथम र वटामा दोस्रो हुदै सुनसरी च्याम्पियन बनेको हो ।
प्रतियोगितामा ६ इभेन्ट्समा प्रथम र ५ इभेन्ट्समा दोस्रो हुदै मोरङ दोस्रो बन्यो । सहभागी जिल्ला मध्ये एक इभेन्ट्समा मात्रै सिरहाले दोस्रो हुदै तेस्रो स्थानमा रह्यो । सुनसरीको लागि कुमुतेमा महिलातर्फ ५० केजी तौलमा जिना सुब्बा प्रथम भइन् ५५ केजीमा इन्द्रमाया राई, ६१ केजीमा रोजिना श्रेष्ठ, पुरुषतर्फ ५० केजीमा मनोज बिक, ७५ केजीमा चिरन राई र ८४ केजी मुनि प्रेम बिक पनि प्रथम स्थान हासिल गरेका थिए । यस्तै, पुरुष एकल कातामा सुनसरीकै रोहित राई, महिला एकल कातामा जिना लिम्बू र पुरुष टिम कातामा पनि सुनसरीका रोहित राई, अशेष मगर र राजबहादुर लिम्बूको टिम प्रथम भएको थियो । महिला टिम कातामा पनि सुनसरीको प्रतिक्षा तामाङ, एलिसा ढकाल र युनिका मगरको टिम प्रथम भयो ।


दोस्रो भएको मोरङको लागि कुमुते महिलातर्फ ४५ केजीमा मिस्ली श्रेष्ठ, ६८ केजी तौलमाथि रोजिला लिम्बू प्रथम भइन् भने पुरुषतर्फ ५५ केजीमा राजेश राई, ६० केजीमा प्रभाकर राना, ६५ केजीमा आयुष आचार्य र ८४ केजीमा माथिमा सागर राउत प्रथम स्थान हासिल गरे । यस्तै, महिला ५० केजीमा मोरङकी चन्द्र राई, ५५ केजीमा प्रिति दुलाल, पुरुषतर्फ ५० केजीमा सुरज कामत, ७५ केजीमा चन्द्र धिमाल र पुरुष एकल कातामा विनय लिम्बू दोस्रो भएका थिए ।


प्रतियोगितामा प्रथम हुने सुनसरीका १४ खेलाडी र मोरङका ६ खेलाडीसहित २३ जनाको टिम कार्तिक २४, २४ र २६ गते हुने राष्ट्रिय प्रतियोगितामा सहभागी हुन जाने छनौट आयोजक पूर्वाञ्चल क्षेत्रीय कराते संघका प्रमुख सोभितराज बस्नेतले जानकारी दिए । सो प्रतियोगिता खेलाडीसँगै प्रशिक्षकद्धय किरण लामा, विमल पोख्रेल र मेनेजरकोरुपमा कुबीरमान राई पनि जानेछन् । नेपाल कराते महासंघले आयोजना गर्ने गणेशमान सिंह जन्मशताब्दी ४४ औं राष्ट्रिय कराते प्रतियोगिता ललितपुरको चापागाउमा आयोजना हुदैछ ।
शनिबार आयोजित क्षेत्रीय छनौटमा पूर्वका सुनसरी, मोरङ, सिराहा र संखुवासभा गरि पाँच जिल्लाबाट करिब एक सय खेलाडी सहभागी भएको प्रतियोगिताको स्थानीय संयोजक एवं सुनसरी जिल्ला कराते संघका अध्यक्ष कुबीरमान राईले बताए । छनौट प्रतियोगितामा सहभागी हुन खेलाडी आफैले सबै खर्च व्यहोर्नु पर्ने भएकोले पनि सहभागी जिल्ला कम भएको उनले बताए । राष्ट्रिय प्रतियोगिताको खर्च भने आयोजकले नै व्यहोर्ने उनले बताए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे