धरानमा रोकिएको मतगणना सुचारु

धरान, असार १९ । मतगणना व्यवस्थित नभएको भन्दै नेपाली कांग्रेसको विरोधपछि स्थगित भएको धरान उपमहानगरपालिकाको मतगणना कार्य पुनः सुचारु भएको छ ।
बिहान ४ बजे वडा नं ८ को मतगणना सकेपछि स्थगित भएको मतगणना झण्डै ४ घण्टापछि साढे ११ बजेदेखि पुनः सुचारु भएको हो । सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार वडा ८ को मतगणना सम्पन्न गरेर बिहान ७ बजेदेखि वडा ९ को सुरु गर्ने सहमति भएपनि कांग्रेसका प्रतिनिधिहरु गणनास्थलमा नआएपछि केही घण्टा मतगणना रोकिएको बताए । ‘बिहान ४ बजेसम्म वडा ८ को मतणना सकिएको थियो, त्यसपछि ७ बजेदेखि ९ को गणना शुरु गर्ने सहमति भएको थियो, तर कांग्रेसको प्रतिनिधिहरु नआएपछि केही समय रोकिएको हो,’ खतिवडाले भने, ‘साढे ११ बजेदेखि गणना शुरु भइसकेको छ ।’
कार्यालयका अनुसार सर्वदलीय बैठक बसेर सुचारु गर्ने सहमतिपछि ६ वटा टोली बनाएर वडा ९ र १० को मतगणना शुरु भइसकेको छ । कांग्रेसका मेयर उम्मेदवार तिलक राईले मतगणनास्थल ज्यादै अव्यवस्थित भएको र निर्वाचन कार्यालयले दिने सुचनामा पनि एकरुपता नभएपछि व्यवस्थित गर्न माग गर्दै गणनालाई केही समय रोकेको बताए । ‘दिनभरि चै धेरै टोली बनाएर गणना गर्ने तर राती नगन्ने प्रवृत्ति भयो । सुचना पनि फरक फरक आयो । धेरै टोली हुदा एउटाले अर्कोलाई डिस्टर्ब हुने भएपछि व्यवस्थित गर्न भनेका हौं ।’

वडा १ देखि ८ सम्मको मतगणना हुदा धरानमा नेपाली कांग्रेसले १, २ र ५ मा अध्यक्षसहित प्यानल जितेको छ भने एमालेले वडा ३, ४, ६, ७ र ८ मा अध्यक्षसहित प्यानल जितेको छ । यस्तै, मेयर र उपमेयरमा पनि एमालेले कांग्रेसका उम्मेदवारसँग मतान्तर बढाउदै लगेको छ । एमालेका मेयर पदका उम्मेदवार तारा सुब्बाले वडा ८ सम्मको मतगणना सकिदासम्म ७ हजार ८२ मत, कांग्रेसका तिलक राईले ५ हजार ८ सय ८२ मत र माओवादी केन्द्र गठबन्धनका अइन्द्रबिक्रम बेघाले ३ हजार ४ सय ३५ मत पाएका छन् । उपमेयर पदमा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ७ हजार २ सय ७६ मत, कांग्रेसकी उम्मेदवार श्यामा रेग्मीले ५ हजार ७ सय ८० मत र माओवादी गठबन्धनका परस राईले १ हजार २ सय ३४ मत पाएका छन् । धरानको २० वटा वडामा ७९ हजार २ सय ९० मतदाता रहेकोमा असार १४ गतेको स्थानीय निर्वाचनमा ५३ हजार ८ सय १२ मत खसेको थियो । 

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे