धरानमा एमालेको विजयी र्याली(फोटोफिचर)

धरान,असार २७ । स्थानीय तह निर्वाचनअन्र्तगत धरान उपमहानगरपालिकामा मेयर र उपमेयरसहित बहुमत वडामा जित हात पारेको नेकपा एमालेले मंगलबार धरानमा वृहत विजयी र्याली निकाल्यो । धरानको २० वडा मध्ये १४ वडामा कब्जा जमाएको एमालेले मेयर र उपमेयरमा पनि तेस्रो पटक जित हात पार्दै आफ्नो विरासत जोगाको छ ।
पार्टी र उम्मेदवारहरुलाई विश्वास गरेर भोट दिई जित दिलाएकोले मतदाताहरुप्रति आभार प्रकट गर्न पनि विजयी र्याली निकालेको एमालेले जनाएको छ । विभिन्न वडामा विजयी उम्मेदवारहरु र्यालीसहित धरान १२ स्थित पब्लिक उच्चमाविको मैदानमा भेला भएका थिए । त्यहाँबाट मेयर, उपमेयर र विजयी वडा अध्यक्ष,सदस्यहरुसहित शुभेच्छुक तथा कार्यकर्ताहरुको विशाल र्यालीले नगरको परिक्रमा गरी पुनः पब्लिकको मैदानमा सभा भएको थियो । एमाले केन्द्रीय सचिव तथा प्रदेश नं १ का संयोजक भिम आचार्य र्यालीमा हिड्नुका साथै सभालाई सम्बोधन गरेका थिए ।
धरानमा सोमबार राती सम्पन्न मतगणनाअनुसार मेयरमा एमालेका उम्मेदवार तारा सुब्बा र उपमेयरमा मञ्जु भण्डारी सुवेदी विजयी भएकी छिन् । यस्तै, धरानको वडा ३, ४, ६, ७, ८, १०, ११, १२, १३, १५, १६, १९ र २० वडामा एमालेको प्यानल विजयी भएको छ भने वडा ९ मा एक सदस्यबाहेक अन्य पदमा एमालेको जित भएको छ । यस्तै, कांग्रेसले वडा १, २, ५ र १४ मा प्यानल जितेको छ भने वडा १८ मा एक सदस्यबाहेक अन्य पदमा जित हासिल गरेको छ । माओवादी केन्द्रले भने वडा १७ मा मात्र प्यानल जितेको छ ।





















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे