नयाँ लुक्समा हाङकुक साराङ

धरान,साउन १६ । धरान ९, पुतलीलाइनस्थित कोरियन परिकार पाउने रेष्टुरेष्ट हाङकुक साराङ तीन महिना पछि पुनः सञ्चालनमा आएको छ । बन्द भएको तीन महिनापछि रिनोभेसन गरेर शुक्रबारदेखि सञ्चालक महेश श्रेष्ठ बिकीले नयाँ लुक्समा पुनः सञ्चालनमा ल्याएका हुन् ।
यो रेष्टुरेष्ट कोरियाबाट फर्किएका युवा श्रेष्ठले ६ बर्षअघिदेखि सञ्चालन गर्दै आएका थिए । उनका अनुसार आउदो भदौ २० गते रेष्टुरेष्ट ६ बर्ष पुरा गरी ७ बर्ष बर्षमा प्रवेश गर्नेछ । शुक्रबार साँझ एक समारोहबीच श्रेष्ठका जेठा दाजु मुकेश श्रेष्ठ र ७ बर्षीय छोरी अन्नुविन्ति श्रेष्ठले रिबन काटेर गरेका रिओपन(पुनःसञ्चालन)को घोषणा गरेका थिए ।रिओपन भएको हाङकुक साराङमा प्रवेश गर्दा ग्राहकहरुले नयाँपन महसुस गर्ने सञ्चालन श्रेष्ठले बताए । उनका अनुसार रेष्टुरेष्टको ढोका, झ्याल, कुर्सी, टेबल मात्र होइन, सिलिङमा पनि कोरियन कल्चरको थिममा डेकोरेशन गरिएको छ । जसले गर्दा ग्राहकहरुलाई कोरियाकै कुनै रेष्टुरेष्टमा बसेर खाना लिइरहेको महसुस गराउनेछ ।
‘रिओपन गर्दा सामान्य मात्र होइन, डेकोरेशनमा बिशेष ध्यान दिएका छौं । ग्राहकहरुलाई कोरियाकै अनुभूति होस् भनेर लगानी थपेको हुँ,’ सञ्चालक श्रेष्ठले भने । उनका अनुसार २० लाख थप लगानी गरेर रेष्टुरेष्ट रिनोभेसन गरिएको छ । रेष्टुरेष्टको इन्टेरियर डेकोरेशनको थिम भूपू ब्रिटिश लाहुरे गोपाल राईले तयार परेका थिए । उनका अनुसार रेष्टुरेष्टमा सबै टिपिकल कोरियन सँस्कृति झल्किएको छ । ‘म्याग्नोलेमा कलर प्रयोग गरेका छौं, यसले ग्राहकहरुलाई आनन्द महसुस गराउछ । सिलिङमा सेतो र भुइमा ब्रिक कलर छ, भुई पनि कोरियाको पुरानो सँस्कृतिको डिजाइन हो,’ उनले भने ।
रेष्टुरेष्टको डेकोरेशनमात्र परिवर्तन भएको छैन, खानाको नयाँ परिकारहरु र सेफ पनि थप गरिएको छ । मलेसियामा ९ बर्षदेखिब कोरियन रेष्टुरेष्टमा सेफ रहेका सन्तोष लिम्बू यहाँ आएका छन् भने बुदे जंगल, मोक्साल, थेजी खाल्वी,जस्ता थप १५ वटा कोरियन परिकारको स्वाद ग्राहकहरुले पाउनेछन् । यहाँ कोरियाको कुल ४२ खानाको परिवार पाइन्छ । सोही कार्यक्रममा फेस अफ हाङकुक साराङको रुपमा हसिना सुब्बा भएको घोषणा पनि गरिएको थियो । सञ्चालक श्रेष्ठका अनुसार हसिनाले रेष्टुरेष्टको एम्बास्डरकोरुपमा प्रर्वद्धन गर्नेछिन् । उनलाई व्यावसायिकरुपमा ६ महिनाको लागि सम्झौता गरिएको र यो धरानको पहिलो सम्झौता भएको पनि सञ्चालकको दाबी छ ।







Comments

  1. Great Mahesh! At leat, we schoolamtes are in different field. You are serving people Korean taste in your home town. Whatever and wherever we do, let's do with deep interest and full effort. You expanded the hotel with new decor. Looks good. Wish you all the best. I will be there someday.

    Thanks
    Sujin Lohorung
    DOA, Trichandra M. Campus
    Ghantaghar, Kathmandu

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे