राष्ट्रिय जुनियर र भेट्रान टेबुल टेनिस शुरु

धरान,साउन १२ । राष्ट्रिय जुनियर तथा भेट्रान टेबुल टेनिस प्रतियोगिता बिहिबारदेखि धरानमा शुरु भएको छ । पुर्व टेबुल टेनिस खेलाडी क्लबको आयोजना र सुनसरी जिल्ला टेबुल टेनिस संघको संयोजनमा भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ ।
धरान ९, कलेज रोडस्थित कभर्ड हलमा शुरु भएको प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सुदिल शाही र आयोजक क्लबका अध्यक्ष दीपककुमार श्रेष्ठले संयुक्तरुपमा खेलेर गरेका थिए । आयोजकका अनुसार पहिलो दिन जुनियर टिम इभेन्टका खेलहरु भएको थियो । जुनियर टिम इभेन्टमा नेपाल आर्मीले भोजपुरलाई २–०को सोझो सेटमा पराजित गरी क्वार्टरफाइनल प्रवेश गरेको छ भने रुपन्देहीले कास्कीलाई ३–०को सोझो सेटमा पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ । यस्तै, सुनसरीले पनि नवलपरासीलाई ३–० सोझो सेटमा पराजित गरी क्वार्टरफाइनल प्रवेश गरेको छ भने ललितपुरले सशस्त्र प्रहरीलाई ३–० सोझो सेटमा पराजित गरी क्वार्टरफाइनल प्रवेश गरेको छ भने काठमाण्डौंले पनि कपिलबस्तुलाई ३–० सोझो सेटमा पराजित गरी क्वार्टरफाइनल प्रवेश गरेको छ ।
यस्तै, मोरङले पनि पाल्पालाई ३–० सोझो सेटमा पराजित गरी क्वार्टरफाइनल प्रवेश गर्दा नेपाल पुलिसले पनि अर्घखाचीलाई ३–० सोझो सेटमा पराजित गरी क्वार्टरफाइनल प्रवेश गरेको आयोजकले जनाएको छ । यस्तै, भक्तपुरले पनि गुल्मीलाई ३–० सोझो सेटमा पराजित गरी क्वार्टरफाइनल प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत शुक्रबार ब्वाइज र गल्र्स टिम इभेन्टको फाइनल खेलहरु सञ्चालन हुने प्रतियोगिताका संयोजक एवं जिल्ला टेबुल टेनिस संघका उपाध्यक्ष बिजय शाक्यले बताए ।
प्रतियोगताको उद्घाटन समारोहमा टेबुल टेनिसको स्मारिका विमोचन गरिएको थियो भने दर्जन बढी पुर्व अन्र्तराष्ट्रिय खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो । सम्मानित हुने पुर्वखेलाडीहरुमा रजत सुब्बा, रोजश श्रेष्ठ, रोजी श्रेष्ठ, कपुर शर्मा, ज्योति ताम्राकार, उमेश थापा, विन्दीका मल्ल, विना ताम्राकार, रिना ताम्राकार, रुपा श्रेष्ठ, किरण श्रेष्ठ, भीम बस्नेत, सुर्य थापा, गीता थापामगर र भर्खर नेपाल आर्मीमा अनुबन्धित भएकी धरानकी दीक्षा दाहाललाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई खादा ओढाउनुका साथै स्मारिक र ब्याच प्रदान गरिएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहीले प्रतियोगिताले जुनियर खेलाडीहरुको हौसला बढ्ने र जुनियर, सिनियरबीचको ग्याप पनि मेटिने धारणा राखे ।
प्रतियोगितामा ३ विभागीय टिम र १३ जिल्ला गरी कुल १६  टिमले प्रतियोगितामा सहभागीता जनाएको छ । प्रतियोगितामा क्याडेट गल्र्स सिंगल १५ बर्ष मुनि, क्याडेड ब्वाइज सिंगल १५ बर्ष मुनि, गल्र्स जुनियर सिगल १९ बर्ष मुनि, ब्वाइज जुनियर सिंगल १९ बर्ष मुनिको स्पर्धा हुनेछ । यस्तै, भेट्रान्स सिंगल मेन्स ४० बर्ष माथि, भेट्रान्स सिंगल मेन्स ५० बर्ष माथि, टिन इभेन्ट ब्वाइज र टिन इभेन्ट गल्र्ससहित कुल ८ इभेन्ट हुनेछ । आयोजक क्लबका अध्यक्ष दीपककुमार श्रेष्ठका अनुसार नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित काठमाण्डौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, दाङ(तुल्सीपुर), मोरङ, झापा, धनकुटा, इलाम, भोजपुर, संखुवासभा र सुनसरी जिल्ला सहभागी रहेको छ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे