धरानमा मेयर र उपमेयरमा एमालेको अग्रता

धरान, असार १७ । स्थानीय तह निर्वाचनअन्र्तगत प्रारम्भिक मतपरिणाममा धरान उपमहानगरपालिकाको मेयर र उपमेयरमा दुई दिनसम्म पछि परेको एमालेका उम्मेदवारले अग्रता लिएको छ ।
शनिबार राती ११ बजेसम्मको मतपरिणाम अनुसार मेयरमा एमालेका तारा सुब्बाले २९३२ र उपमेयरमा मञ्जु भण्डारीले ३०४४ मत ल्याएर अग्रता लिएका छन् । दोस्रो स्थानमा झरेको कांग्रेसका मेयर उम्मेदवार तिलक राईको २६९५ र उपमेयरमा श्यामा रेग्मीको २६८३ मत रहेको छ । बिहिबार दिउँसोबाट मतगणना शुरु भएको धरानमा शनिबार दिउँसोसम्म वडा १ र २ को मतगणना हुदासम्म मेयर र उपमेरमा कांग्रेसका उम्मेदवारले अग्रता कायम गरेका थिए । ती दुवै वडा कांग्रेसको पकड क्षेत्र मानिन्छ । वडा ३ र ४ को मतगणना शुरु भएपछि भने एमालेका उम्मेदवारले मतान्तर घटाउन थालेको थियो । ती वडा एमालेको पकड क्षेत्र हो ।
तेस्रो स्थानमा रहेको माओवादी गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाको १६४८ र गठबन्धनका उपमेयर उम्मेदवार पारस राईको ५०२ मत रहेको छ । मेयर र उपमेयरको यो मतपरिणाम वडा १, २, ३ र ४ को पुर्णमतगणना तथा वडा ५ को गणना भएको १४४९ मतमध्येबाट हो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे