धरानको १३ नं वार्डमा एमालेको प्यानल

धरान, असार २४ । स्थानीय तह निर्वाचनअन्र्तगत धरानको वडा नं १३ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयले शनिबार साँझ घोषणा गरेको मतगणनाको अन्तिम नतिजा अनुसार एमालेबाट अध्यक्षका उम्मेदवार नेत्र काफ्ले र उनको प्यानलले जित हासिल गरेको हो ।
अध्यक्षमा विजयी एमालेका उम्मेदवार काफ्लेले १ हजार ६ सय ५० मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका महेन्द्र प्रधानले ८ सय ६३ मत मात्र पाए । यसैगरि, महिला सदस्यमा एमालेकी कमला श्रेष्ठ(१५७१ मत), दलित महिलामा उर्मिला परियार(१५०५ मत) र वडा सदस्यतर्फ पदमा सुब्बा(१४४२), सन्तोष राई(१४८१ मत) ल्याएर विजयी भए ।
धरानको २० वटा वडाहरुमध्ये हालसम्म ११ वटा वडाको मात्र मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ । ती वडामध्ये ७ वटामा एमाले र ४ वटामा कांग्रेसको प्यानल विजयी भएको छ । नेकपा माओवादी केन्द्रले भने एउटा पनि वडामा जित दर्ता गरेको छैन । एमालेले वडा ३, ४, ६, ७, ८, १२ र १३ मा प्यानल जितेको छ भने कांग्रेसले वडा १, २, ५ र १४ वडामा प्यानल जितेको छ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे