बोलबमको प्रर्वद्धन गर्न साइक्लिङ (फोटोफिचर)

धरान,साउन ९ । साउन महिनाको सोमबार चतरा पुगेर कौशीकी नदीको पवित्र जल ल्याई धरान १४ स्थित पिण्डेश्वर महादेवलाई चढाउने प्रचलन ज्यादै पुरानो हो । साउने सोमबार पिण्डेश्वरमा हजारौं भक्तजनहरु जल चढाउन आउछन् । पिण्डेश्वरमा हुने भक्तजनहरुको जमघट र व्यापारले गर्दा बोलबम मेला भन्ने गरिन्छ ।
हिन्दु धर्मवलम्बीहरु माझ ठुलो महिमा बोकेको यही बोलबामको प्रर्वद्धन गर्न धराने युवाहरुले यसपाली नयाँ जुक्ति निकाले । पिण्डेश्वर बाबाधाम समिति, सुनसरी साइकल एशोसिएशन र धरान १०, सैनिक चोकस्थित हाउस अफ बाइकर्स(एचओबि) मिलेर सोमबार ‘बोलबम राइड’ गए । बोलबमको नारा लगाउदै बीस जनाको टोली बिहान धरानबाट चतरा गएका थिए । उक्त साइकले टोलीले चतरास्थित कोशी नदीको जल बोकेर पुनः धरान आएका थिए । बाबाधाम समितिका पदाधिकारीले साइक्लिङ टोलीले ल्याएको जल पिण्डेश्वरमा चढाए ।
बोलबमको धार्मिकरुपमा मात्र नभएर धरान र पुर्वी नेपालको पर्यटनमा पनि महत्व बोकेको हुनाले प्रर्वद्धन गर्न युवाहरुलाई साइक्लिङ लगिएको बाबाधाम समितिका सचिव जयन्त गौतमले बताए । पहिला आइतबार चतरा पुग्ने र मध्यरातमा जल बोकेर तीर्थयात्री एवं शिवभक्तहरु पैदल हिडेरै बिहान जल चढाउन धरान आइपुग्थे । अचेल भने गाडी वा मोटरसाइकल, स्कुटीमा चतरा पुग्छन्, र सवारी साधानमा नै भक्तजनहरु जल चढाउन धरान आउछन् । ‘साइकलमा पनि बोलबम आउन सकिन्छ भन्ने सन्देश पनि पुग्यो । मोटरसाइकल वा गाडी हुनेले मात्र होइन, साइकल हुनेले पनि बोलबम जान सकिन्छ,’सचिव गौतमले भने,‘साइकलमा चतरा जाने, जल बोक्ने र फेरी साइकलमा नै धरान आउने । धार्मिक पर्यटनको प्रवद्र्धन पनि भयो ।’
अग्रज साइक्लिष्ट एवं सुनसरी साइकल एशोसिएशनका उपाध्यक्ष राजन लिम्बु बोलबमको नारामा धार्मिक पर्यटन र साइक्लिङको पनि प्रर्वद्धन भएको बताउँछन् । एशोसिएशन र एचओबिले हरेक सोमबार र शनिबार रिफ्रेस राइड गराउने गर्छ । ‘साउन भएकोले यसपाली धार्मिक बोलबम राइड भयो । कतिले त चतरा देखेका छैनन्, आए पनि बोलबमको बेला आएका हुदैनन्,’ बोलबम राइडका संयोजकसमेत रहेका उनले भने,‘एकै चोटी वातावरणमैत्री साइक्लिङ, धार्मिक पर्यटन र बोलबमको प्रर्वद्धन हुनसक्यो ।’
बोलबम राइडमा बाबाधाम समितिका सचिव गौतम, सहसचिव सुधिरसिं लिम्बू, सदस्य प्रेम गुरुङ, सदस्य एवं साइकल एशोसिएशनका उपाध्यक्ष लिम्बूसहित युवा साइक्लिष्टहरु थिए । टोलीमा एक मात्र महिला साइक्लिष्ट २२ बर्षिय आशा लिम्बू थिइन् भने १३ बर्षीय जुनियर साइक्लिष्टद्धय सायमन श्रेष्ठ र ओसम राई पनि थिए । ‘पहिलो पटक चतरा आएको । कोशी नदी पनि देखे, धेरै मज्जा भयो,’ ओसमले भने । टोलीकी एकमात्र लेडिज साइक्लिष्ट आशाले पनि लामो रुटमा पहिलो पटक साइक्लिङ आउदा ज्यादै रमाइलो भएको बताइन् ।









Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे