जुनियर टेबुल टेनिसमा पुलिसका सान्टो र आर्मीकी दिक्षा जुनियर च्याम्पियन

धरान,साउन १५ । नेपाल पुलिसका सान्टो श्रेष्ठ ब्वाइज जुनियरतर्फ(यु १९)  र  नेपाल आर्मीकी दिक्षा तामाङ गल्र्स जुनियरतर्फ टेबुल टेनिसमा राष्ट्रिय च्याम्पियन भएका छन् । शनिबार राती धरान ९, कलेज रोडस्थित कभर्ड हलमा सम्पन्न राष्ट्रिय जुनियर तथा भेट्रान टेबुल टेनिस प्रतियोगिताको सिंगल इभेन्टको फाइनलमा जित हासिल गर्दै दुवैले आफुलाई जुनियर च्याम्पियन बनाएका हुन् ।
ब्वाइजतर्फका विजेता सान्टोले फाइनलमा रुपन्देहीका नारायण घिमिरेलाई ३–० को सोझो सेटमा हराउदै च्याम्पियन बने । उनले ११–८, ११–७ र ११–८ को स्कोरमा घिमिरेलाई हराए । यस्तै, गल्र्सतर्फकी विजेता दिक्षाले नम्बर वान जुनियर खेलाडी सोनु थापा मगरलाई ३–० को सोझो सेटमा हराउदै च्याम्पियन बनिन् । भक्तपुरकी सोनुको चुनौतीलाई दिक्षाले ११–७, ११–३ र ११–५ स्कोरमा पन्छाइन् । प्रतियोगितामा ब्वाइज यु १९ सिंगल इभेन्टमा सशस्त्र प्रहरीका एलेक्स मर्हजन र ललितपुरका रितिज तेस्रो भ एभने गल्र्सतर्फ आर्मीकी दीक्षा दाहाल र सुनसरीकी गीता भुजेल तेस्रो भइन् ।
ब्वाइजतर्फका च्याम्पियन सान्टो टेबुल टेनिसमा नेपालको सिनियर र जुनियर दुवै इभेन्टका नम्बर १ खेलाडी पनि हुन् । गएको सातौं राष्ट्रिय खेलकुदमा उनी च्याम्पियन बनेका थिए । यो उनको सातौं च्याम्पियन उपाधि हो । सान्टोसँग १६ बर्ष ४ महिनाको कम उमेरमा च्याम्पियन बनेको रेडर्क पनि छ । मात्र १७ बर्ष लागेका उनी पल्र्सर स्पोट्र्स अवार्डमा मनोनयनमा परेका युवा खेलाडी पनि हुन् । ‘म ७ औं पटक च्याम्पियन बने, यो नै खुशीको क्षण हो,’ जित पछि सान्टोले प्रतिक्रिया दिदै भने । उनी सन् २०१६ मा थाइल्याण्डमा भएको अन्र्तराष्ट्रिय प्रतियोगितामा दोस्रो भएका थिए ।
गल्र्सतर्फको च्याम्पियन दिक्षाको यो दोस्रो उपाधि हो । उनी यसअघि २०७१ मा विराटनगरमा पनि च्याम्पियन भएकी थिइन् । दुई बर्षदेखि आर्मीबाट खेल्न थालेकी दीक्षाले नम्बर वान खेलाडीलाई हराएर च्याम्पियन हुदा एकदमै खुशी लागेको बताइन् । ‘थुप्रै पटक च्याम्पिन बनिसकेको खेलाडीलाई हराउनु गाह्रो हो । तर मैले जिते, मेहनतको फल पाएको छुँ,’ च्याम्पियन दिक्षाले भनिन् । उनी २०७२ मा दिल्लीमा भएको साफ च्यापियनसिपमा टिम इभेन्टमा तेस्रो भएकी थिइन् ।
प्रतियोगितामा यु १५ गल्र्स क्याडेड इभेन्टमा आर्मीकी दीक्षा दाहालले काठमाण्डौंकी मरिया थापालाई ३–० को सोझो सेटमा हराउदै पहिलो भइन् । ब्वाइज क्याडेडतर्फ भने सशस्त्रका संयोग कपालीले आर्मीका रेखान तामाङलाई ४–१ सेटमा हराउदै पहिलो भए । टिम इभेन्टमा ब्वाइजतर्फ नेपाल पुलिस पहिलो, आर्मी दोस्रो, ललितपुर र मोरङ तेस्रो हुँदा गल्र्सतर्फ आर्मी पहिलो, ललितपुर दोस्रो, रुपन्देही र काठमाण्डौं तेस्रो भयो । यसैगरि, भेट्रान्स सिंगलमा मोरङका राजेश भटराईले सशस्त्रका जयराम मर्हजनलाई ३–० को सोझो सेटमा हराउदै विजेता बने भने भेट्रान्स डबलमा मोरङका विकेन थापा र राजेश भटराईको जोडीले सशस्त्रका जयराम महर्जन र सुमन शाक्यको जोडीलाई ३–० सोझो सेटमा हराउदै विजेता बन्यो ।
विजेता खेलाडीहरुलाई आयोजक भूपू टेबुल टेनिस खेलाडी क्लबका अध्यक्ष दिपक श्रेष्ठ, सुनसरी जिल्ला टेबुल टेनिस संघका अध्यक्ष नविन श्रेष्ठ, प्रतियोगिताका संयोजक विजय शाक्य, प्रमुख अतिथि धरानका प्रमुख तारा सुब्बा, बिशेष अतिथि एवं राखेप सदस्य सुदिल शाही, संघका केन्द्रीय अध्यक्ष चतुरानन्द बैद्यलगायतले मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए । बिहिबारदेखि भएको प्रतियोगितामा ८ इभेन्टमा ३ विभागीय र १३ जिल्ला करि १६ टिमले भाग लिएको थियो ।
..........................................

                पुर्व राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीलाई अभिनन्दन र सम्मान

राष्ट्रिय जुनियर तथा भेट्रान टेबुल टेनिस प्रतियोगिता २०७४ को समापन समारोहमा टेबुल टेनिस खेलको विकासमा योगदान पुर्याएको भन्दै धरानका पुर्वराष्ट्रिय एवं अन्र्तराष्ट्रिय खेलाडीहरुलाई अभिनन्दन तथा बिशेष सम्मान गरिएको थियो । आयोजक संस्थाले टेबुल टेनिसका वरिष्ठ प्रशिक्षक, अखिल नेपाल टेबुल टेनिस संघका पुर्वअध्यक्ष एवं अन्र्तराष्ट्रिय खेलाडी प्रभुप्रसाद श्रेष्ठलाई ज्युउदो इतिहासको संज्ञा दिदै अभिनन्दन गरेको हो । राखेपका पुर्व सदस्यसमेत रहिसकेका श्रेष्ठलाई दोसल्ला ओढाउनुका साथै प्रमुख अतिथि तारा सुब्बाले अभिनन्दन पत्र प्रदान गरेका थिए ।
यस्तै, धरानबाट अन्र्तराष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागीता जनाएकी पुर्व अन्र्तराष्ट्रिय महिला खेलाडी ज्योति ताम्राकार र मृत्यु पर्यान्त पुर्वअन्र्तराष्ट्रिय खेलाडी अशोक श्रेष्ठ(सिकर्मी)लाई पनि अभिनन्दन प्रदान गरिएको थियो । स्वर्गीय श्रेष्ठको अभिनन्दन पत्र उनकी बिहिनी तथा पुर्वखेलाडी रुपा श्रेष्ठले लिएकी थिइन् । सोही समारोहमा टेबुल टेनिसका पहिलो पुस्ता श्यामगोविन्द श्रेष्ठ, गोविन्दमान श्रेष्ठ, राजकुमार श्रेष्ठलाई पनि बिशेष सम्मान गरिएको थियो ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे