धरानमा मेयर र उपमेयरमा एमालेले मतान्तर बढाउदै

धरान, असार १८ । स्थानीय तह निर्वाचनअन्र्तगत धरान उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा नेकपा एमालेको उम्मेदवारले कांग्रेसको उम्मेदवारसँगको मतान्तर बढाउदै लगेको छ ।
आइतबार राती ८ बजेसम्म वडा १ देखि ७ सम्मको अन्तिम मतपरिणाम र वडा ८ को प्रारम्भिक मतपरिणामअनुसार एमालेका उम्मेदवारले मतान्तर बढाउदै लगेको हो । एमालेका मेयर पदका उम्मेदवार तारा सुब्बाले ५ हजार ६ सय ८८ र उपमेयरकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ५ हजार ८ सय ८२ मत पाएकी छिन् । दोस्रो स्थानमा रहेको कांग्रेसका मेयर पदका उम्मेदवार तिलक राईले ४ हजार ८ सय ३० र उपमेयरकी उम्मेदवार श्यामा रेग्मीले ४ हजार ८ सय २६ मत पाएकी छिन् ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्र गठबन्धनका मेयर पदका उम्मेदवार अबइन्द्रबिक्रम बेघाले २ हजार ७ सय ६५ र उपमेयरका उम्मेदवार पारस राईले ८ सय ८६ मत पाएका छन् । धरानको २० वटा वडामा ७९ हजार २ सय ९० मतदाता रहेकोमा असार १४ गतेको स्थानीय निर्वाचनमा ५३ हजार ८ सय १२ मत खसेको थियो ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे