राष्ट्रिय जुनियर र भेट्रान टेबुल टेनिस प्रतियोगिता धरानमा

धरान,साउन १० । टेबुल टेनिस खेलको विकास एवं प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले यही साउन दोस्रो साता धरानमा जुनियर र भेट्रानतर्फ दोस्रो राष्ट्रिय प्रतियोगिता हुने भएको छ । पुर्व टेबुल टेनिस खेलाडी क्लबको आयोजना र सुनसरी जिल्ला टेबुल टेनिस संघको संयोजनमा साउन १२, १३ र १४ गते जुनियर र भेट्रानमा राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।
 धरान ९, कलेज रोडस्थित कभर्ड हलमा हुने प्रतियोगिता दोस्रो सँस्करण हो । गत बर्ष पहिलो पटक यहाँ राष्ट्रिय प्रतियोगिता भएको थियो । आयोजक क्लबका अनुसार ३ विभागीय टिम र १३ जिल्ला गरी कुल १६  टिमले प्रतियोगितामा सहभागीता जनाउने भएको छ । प्रतियोगितामा कुल ८ वटा इभेन्ट रहने जिल्ला टेबुल टेनिस संघका उपाध्यक्ष एवं प्रशिक्षक बिजय शाक्यले जानकारी दिए । उनका अनुसार क्याडेट गल्र्स सिंगल १५ बर्ष मुनि, क्याडेड ब्वाइज सिंगल १५ बर्ष मुनि, गल्र्स जुनियर सिगल १९ बर्ष मुनि, ब्वाइज जुनियर सिंगल १९ बर्ष मुनिको स्पर्धा हुनेछ । यस्तै, भेट्रान्स सिंगल मेन्स ४० बर्ष माथि, भेट्रान्स सिंगल मेन्स ५० बर्ष माथि, टिन इभेन्ट ब्वाइज र टिन इभेन्ट गल्र्स पनि स्पर्धा हुने उपाध्यक्ष शाक्यले जानकारी दिए ।
क्लबका अध्यक्ष दीपककुमार श्रेष्ठका अनुसार नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित काठमाण्डौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, दाङ(तुल्सीपुर), मोरङ, झापा, धनकुटा, इलाम, भोजपुर, संखुवासभा र सुनसरी जिल्ला सहभागी हुनेछ । ती मध्ये काठमाण्डांै, ललितपुर र भक्तपुरबाट ३ गल्र्स, ३ ब्वाइज र एक मेनेजर गरी ७ जना सहभागी हुनेछ भने अन्य जिल्ला र विभागीय टोलीबाट २ गल्र्स, २ ब्वाइज र एक मेनेजर गरी ५ जना सहभागी हुनेछ । आयोजक जिल्ला सुनसरीलाई भने कोटा नभएकोले बढी नै खेलाडी सहभागी हुने पनि उनले खुलाए । ‘राम्रो खेलाडी भएर पनि छनौटमा पर्न नसकेकालाई जिल्ला वा विभागले सिफारिश गरिदिएमा उनीहरुले पनि खेल्न पाउछन्, तर बस्न र खान लाग्ने दिनको ६ सय खर्च तिर्नुपर्नेहुन्छ,’ क्लबका अध्यक्ष श्रेष्ठले भने । कोटामा छनौट परेका खेलाडीहरुलाई भने आयोजकले नै खान र बस्न सुविधा दिनेछ । पाल्पा र नवलपरासीको पनि सहभागीता हुने भएपनि नयाँ जिल्ला भएकोले कोटा नपाउने उनले प्रष्ट्याए ।
इभेन्ट विजेता खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यो प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र अखिल नेपाल टेबुल टेनिस संघले स्वीकृत दिएको हुनाले विजेताहरु राष्ट्रिय च्याम्पियन हुनेछन् भने तत्काल कुनै अन्र्तराष्ट्रिय प्रतियोगिता भएमा त्यसमा भाग लिने अवसर पनि पाउने प्रशिक्षक एवं संघका उपाध्यक्ष शाक्यले बताए । ‘यहाँ जित्नेहरु जुनियर नेशनल च्याम्पियन हुन्छन्, र उनीहरुको र्याङकिङ पनि राम्रो हुन्छ । तत्काल अन्र्तराष्ट्रिय प्रतियोगिता भए जान पनि पाउछन्,’ उनले भने । कुल ३ लाख ८० हजार ५ सय ५० खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई राखेप, पुर्व खेलाडी क्लब, जिल्ला संघ र जनस्तरबाट स्वेच्छिक सहयोग प्राप्त हुने आयोजकको अपेक्षा छ ।
सुनसरी जिल्ला टेबुल टेनिस संघका अध्यक्ष नविन श्रेष्ठले सुनसरीको राम्रो तयारी भइरहेकोले १५ बर्ष मुनि र १९ बर्ष मुनिको इभेन्टमा मेडल जित्ने दाबी गरे । उनका अनुसार जुनियर १५ बर्ष मुनिमा अनमोल बिक र रजनीश पौडेलले मेडल जित्ने प्रवल सम्भावना छ भने १९ बर्ष मुनिको इभेन्टमा गीता ढुंगेल र महाविर चौधरीले पनि मेडल जित्ने सम्भावना छ । सुनसरी जिल्ला टेबुल टेनिसमा प्रतिभावान खेलाडीहरु जन्माउने अग्रणाी जिल्लामा पर्छ । यहाँबाट हालसम्म करिब ३ दर्जनको हाराहारीमा राष्ट्रिय खेलाडी जन्मिसकेका छन् । धरानकी खेलाडी गीता थापा सुवेदी ४ पटक राष्ट्रिय च्याम्पियन बनिन् भने थुप्रै अन्र्तराष्ट्रिय पदक जितेकी छिन् ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे