बास्केटवलको प्रशिक्षण शुरु
धरान,साउन ६ । विद्यार्थीहरुको विदाको समय सदुपयोग गर्न र विद्यालयस्तरबाट नै प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले शुक्रबारदेखि धरानमा समर बास्केटवल ट्रेनिङ क्याम्प शुरु भएको छ । तीन सातासम्म चल्ने ट्रेनिङ क्याम्पको शुक्रबार धरान १८ स्थित डिपोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा एक समारोहबीच धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले उद्घाटन गरेका थिए ।
प्रमुख सुब्बाले बास्केटवल प्रशिक्षकलाई हस्तान्तरण गरेपछि ट्रेनिङको औपचारिक उद्घाटन भएको घोषणा गरिएको थियो । आयोजक जिल्ला बास्केटवल संघ सुनसरीका अनुसार साउन २३ गतेसम्म हुने प्रशिक्षणमा विभिन्न स्कुलका ६० जना विद्यार्थीहरु सहभागी छन् । उनीहरु सबैलाई डिपो आर्दशको २ वटा बास्केटवल कोर्टमा प्रशिक्षण गराइनेछ । त्यहाँ सुविधा सम्पन्न २ वटा कोर्ट छ । ‘अहिले गर्मी विदा छ, यो समयको सदुपयोग गराउन र विद्यालयस्तरबाटै राम्रो खेलाडी उत्पादन गर्ने हाम्रो उद्देश्य हो,’ संघका अध्यक्ष नारायण सुवेदीले भने ।
प्रशिक्षणमा कक्षा ५ माथिका विद्यार्थीहरु सहभागी छन् । उनीहरुलाई बिहान र बेलुकी गरी २ समयमा प्रशिक्षण गराइने संघले जनाएको छ । तालिममा विद्यार्थीहरुलाई बास्केटवल खेल्ने तरिका, नियम र ड्रिब्लिङ, सुटिङलगायत ‘खेल कौशल’बारे ज्ञान दिइनेछ । प्रशिक्षण क्याम्पमा मुख्य प्रशिक्षक विकास चाम्लिङ छन् भने सहायक प्रशिक्षकहरुमा विवेक श्रेष्ठ, हेमन्त राई, युगल लिम्बू, दिपेश लिम्बू, शिव राई, रवि बासफोर, जीवन लिम्बूलगायत रहेका छन् । उद्घाटन समारोहमा प्रशिक्षक र खेलाडीहरुलाई जर्सी पनि वितरण गरिएको थियो ।
धरानका मेयर तारा सुब्बाले कुनै एक खेलमा मात्र केन्द्रीत नभई धरानलाई खेलकुदको शहर बनाउन खेलको सबै विधाको विकास गर्ने बताएका छन् । यसको लागि सरोकारवाला पक्षहरुसँग समन्वय र छलफल गरेर स्थानीय सरकारले खेलकुदको विकासका लागि बिशेष खाका तयार गर्ने पनि उनले खुलाए । खेलकुदको विकासको लागि खेलकुद विकास समिति पनि गठन हुने उनले बताए ।
बास्केटवल प्रशिक्षण क्याम्पसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै धरानका मेयर सुब्बाले अबको नगरसभाबाट खेलकुद क्षेत्रले नसोचेको बजेटको आकार विनियोजन गर्ने पनि प्रतिवद्धता जनाए । ‘हामी सबै खेललाई समान व्यावहार गछौं । खेलकुदमा हिजोको स्थितिभन्दा धेरै फरक हुनेछ, समानुपातिकढंगले विकास गर्दै जान्छौं,’मेयर सुब्बाले भने, ‘खेलकुदको विकास गर्न समिति गठन गछौं, हिजोको जस्तो १०, १२ लाखले पुग्दैन, अब नगरसभाबाट नसोचेको बजेट खेलकुदमा छुट्याउछौं ।’
विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सरकारी र निजी विद्यालयमा आवश्यक प्रशिक्षक राखेर प्रशिक्षणको व्यवस्था गर्ने पनि मेयर सुब्बाले बताए । साथै, सबै विधाको खेलकुद समेटेर मेयर कप पनि आयोजना गरिने उनको भनाई थियो । ‘धरानलाई खेलकुदको नगरीकोरुपमा विकास गरेर खेलको माध्यबाट पनि पर्यटक भित्र्याउने हाम्रो लक्ष्य हो,’मेयर सुब्बाले भने । उद्घाटन समारोहमा बोल्दै नेपाल बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष सुरज लामाले प्रतिभावान खेलाडी उत्पादन गराउन उपमहानगरपालिका एवं स्थानीय सरकारले बिशेष ध्यान पुर्याउन आग्रह गरे भने डिपो आर्दशको व्यवस्थापन समिति उपाध्यक्ष पुर्व गोर्खा क्याप्टेन नन्दबहादुर राईले अन्र्तराष्ट्रियस्तरको खेलाडी उत्पादन हुने आशा व्यक्त गरे । सोही कार्यक्रममा वाड नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई(प्रविण)ले आयोजकलाई नगद ५ हजार आर्थिक सहयोग प्रदान गरेका थिए ।
प्रमुख सुब्बाले बास्केटवल प्रशिक्षकलाई हस्तान्तरण गरेपछि ट्रेनिङको औपचारिक उद्घाटन भएको घोषणा गरिएको थियो । आयोजक जिल्ला बास्केटवल संघ सुनसरीका अनुसार साउन २३ गतेसम्म हुने प्रशिक्षणमा विभिन्न स्कुलका ६० जना विद्यार्थीहरु सहभागी छन् । उनीहरु सबैलाई डिपो आर्दशको २ वटा बास्केटवल कोर्टमा प्रशिक्षण गराइनेछ । त्यहाँ सुविधा सम्पन्न २ वटा कोर्ट छ । ‘अहिले गर्मी विदा छ, यो समयको सदुपयोग गराउन र विद्यालयस्तरबाटै राम्रो खेलाडी उत्पादन गर्ने हाम्रो उद्देश्य हो,’ संघका अध्यक्ष नारायण सुवेदीले भने ।
प्रशिक्षणमा कक्षा ५ माथिका विद्यार्थीहरु सहभागी छन् । उनीहरुलाई बिहान र बेलुकी गरी २ समयमा प्रशिक्षण गराइने संघले जनाएको छ । तालिममा विद्यार्थीहरुलाई बास्केटवल खेल्ने तरिका, नियम र ड्रिब्लिङ, सुटिङलगायत ‘खेल कौशल’बारे ज्ञान दिइनेछ । प्रशिक्षण क्याम्पमा मुख्य प्रशिक्षक विकास चाम्लिङ छन् भने सहायक प्रशिक्षकहरुमा विवेक श्रेष्ठ, हेमन्त राई, युगल लिम्बू, दिपेश लिम्बू, शिव राई, रवि बासफोर, जीवन लिम्बूलगायत रहेका छन् । उद्घाटन समारोहमा प्रशिक्षक र खेलाडीहरुलाई जर्सी पनि वितरण गरिएको थियो ।
खेलको सबै विधा विकास गछौंः प्रमुख सुब्बा

बास्केटवल प्रशिक्षण क्याम्पसको उद्घाटन समारोहलाई सम्बोधन गर्दै धरानका मेयर सुब्बाले अबको नगरसभाबाट खेलकुद क्षेत्रले नसोचेको बजेटको आकार विनियोजन गर्ने पनि प्रतिवद्धता जनाए । ‘हामी सबै खेललाई समान व्यावहार गछौं । खेलकुदमा हिजोको स्थितिभन्दा धेरै फरक हुनेछ, समानुपातिकढंगले विकास गर्दै जान्छौं,’मेयर सुब्बाले भने, ‘खेलकुदको विकास गर्न समिति गठन गछौं, हिजोको जस्तो १०, १२ लाखले पुग्दैन, अब नगरसभाबाट नसोचेको बजेट खेलकुदमा छुट्याउछौं ।’

Comments
Post a Comment