वडा ३ मा एमाले र ५ मा कांग्रेसको प्यानल विजयी

धरान, असार १८ । स्थानीय तह निर्वाचनअन्र्तगत धरान उपमहानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार वडा नं ३ मा नेकपा एमाले र वडा ५ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
आइतबार बिहानसम्मको मतपरिणाम अनुसार वडा ३ मा एमालेका वडा अध्यक्ष उम्मेदवार आशाकुमार श्रेष्ठको प्यानल विजयी भएको छ भने वडा ५ मा कांग्रेसका वडा अध्यक्ष उम्मेदवार सन्तोष लिम्बूको प्यानल विजयी भएको छ । वडा ३ मा एमालेका श्रेष्ठले ८ सय ७४ मत पाएर विजयी हुदा निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका सर्वजित राईले ४ सय ७९ मत पाए । श्रेष्ठको प्यानलबाट महिला सदस्यमा उषा सुब्बा(लिम्बू), दलित महिला सदस्यमा चन्द्रकुमारी बिक र खुला सदस्यद्धयमा विकास कुमार वनेपाली र हरिप्रसाद शाही विजयी भए ।
यस्तै, वडा ५ मा विजयी कांग्रेसका अध्यक्ष लिम्बूले १ हजार १ सय ८७ मत पाएका छन् भने निकटतम प्रतिद्धन्दी एमालेका चन्द्रबहादुर भुजेलले १ हजार ३९ मत मात्र पाए । कांग्रेसका लिम्बूको प्यानलबाट महिला सदस्यमा शान्तीदेवी राई, दलित महिला सदस्य हेमकुमारी बिक र खुला सदस्यद्धयमा कुमार देवान, मानबहादुर लिम्बू विजयी भएका छन् ।
वडा ५ सम्मको मतगणना सकिदासम्म धरानको वडा १, २ र ५ मा कांग्रेसको प्यानल र ३, ४ मा एमालेको प्यानल विजयी भएको छ । धरानको २० वटा वडामा ७९ हजार २ सय ९० मतदाता रहेकोमा असार १४ गतेको स्थानीय निर्वाचनमा ५३ हजार ८ सय १२ मत खसेको थियो ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे