अझै बनेन बीपी जाने पुल
धरान,साउन ५ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने अतिब्यस्त सडक खण्डमा भत्किएको पुल दुई बर्ष बित्दा पनि निर्माण हुन सकेको छैन । पुल निर्माण नहुदा गम्भीर प्रकृतिका विरामीलाई समयमै बीपीमा ल्याउन र अन्यत्र रिफर भएका विरामीलाई पुर्याउन जोखिम भएको एम्बुलेन्स चालकहरु बताउँछन् ।
दक्षिण एसियाकै उत्कृष्ट अस्पतालमध्ये एक मानिएको बीपी प्रतिष्ठानमा पुर्वका जिल्लाहरुबाट विरामी रिफर भइ आउने गर्छन् । ती विरामीलाई बीपीमा ल्याउन र लैजान प्रयोग हुने मुख्य मार्ग भनेको धनकुटे रोड भनेर चिनिने सडकखण्ड हो । यही सडकखण्डमा पर्ने खहरे खोलाको पुल बाढीले निरन्तर कटान गर्दै लगेर २०७२ असोज ७ गते राती भत्किएको थियो । धरानको वडा ८ र १९ को सिमानामा रहेको यो पुल भत्किएपछि यो सडकखण्डमा सवारी आवागमन ठप्प छ । साविक सडक अवरुद्ध भएपछि विरामी बोक्ने एम्बुलेन्स घुमाएर लैजानु पर्दा धेरै समस्या भोग्नु परिरहेको चालकहरु बताउँछन् ।
‘विरामीको ज्यानै पनि जोखिममा हुन्छ, बीपीबाट रिफर भएको विरामी हो वा बीपीमा ल्याउने विरामी होस, अस्पतालले २ मिनेट छिटो ल्याएको भए बच्थ्यो भन्छन्,’ एम्बुलेन्स चालक पुर्णबहादुर कार्कीले भने,‘अब बाटो नै घुमाउरो छ, खाल्डाखुल्डी छ । घुमेर भानुचोक हुदै आउदा जादा जाममा परिन्छ, बाटो पनि साँघुरो छ, र ढिलो हुन्छ ।’ बीपीमा पुर्वका अधिकांश जिल्लाबाट विरामी रिफर भइ आउछन् भने बीपीबाट पनि न्युरोका विरामी र आइसियु नभएका विरामी विराटनगर रिफर हुने गर्छन् ।
धनकुटे रोड हुदै चल्ने सवारी पुल भत्किएपछि भानुचोक हुदै वा बगैचालाइनको सहायक सडक खण्ड हुदै आवागमन हुने गरेको छ । जसले गर्दा ती क्षेत्रमा सवारी चाप बढेको छ । यसले जोखिम तथा सिकिस्त विरामी बोकेका एम्बुलेन्सहरुलाई समस्या पारेको चालकहरु बताउँछन् । ‘बाटो जाम र साँघरो हुन्छ, तर विरामी अस्पतालमा समयमै पुर्याउन एम्बुलेन्स चालकले ढिलाई गरेको जस्तो देखिन्छ,’ अर्का चालक राम कुमार राई भन्छन्,‘पुल चाडै बनोस्, अनि बाटो पनि क्लियर होस् ।’
सडक डिभिजन कार्यालय विराटनगरले निर्माण कम्पनीलाई ठेक्का दिएर गत मंसिरदेखि पुल बनाउन थालेपनि अहिले निर्माण कार्य भने ठप्प छ । असार मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने पुल आर्थिक बर्ष सकिदा पनि पुरा भएको छैन । ठेकेदार सम्पर्कविहिन छन् । पुल निर्माणमा ढिलाई भएको भन्दै आइतबार धरानका मेयर तारा सुब्बा सडक डिभिजन कार्यालय विराटनगर पुगेर प्रमुख डिइ जितेन्द्र चौधरीको ध्यानाकर्षणसमेत गराएका थिए ।
...................................
प्रतिष्ठानको प्रवेशद्धार अघि नो पार्किङको चिह्न राखेर पार्किङ निषेध गरिए पनि पालाना भने सुन्य छ । टेम्पो, सिटि सफारी र मोटरसाइकल मात्र होइन, प्रतिष्ठानको प्रवेशद्धार अघिको सडकमा एम्बुलेन्ससमेत पार्किङ गरेर राखिएका हुन्छन् । ‘बुद्धचोकदेखि क्याम गेटसम्म सडक एकदमै साँघुरो हुन्छ, विरामीलाई छिटो अस्पताल पुर्याउनु पर्ने बेलामा त्यसले ढिलाई गर्छ,’ एम्बुलेन्स चालक रामकुमार राईले भने, ‘निषेध भनिए पनि सडकै बाइक पार्किङ हुन्छ । लाइन लागेर टेम्पो, सफारी मान्छे उठाउन रोकिन्छ । यो सब नरोकेसम्म हामीलाई भन्दा पनि विरामीलाई गाह्रो हुन्छ ।’
................................
२०७२ असोज ७ गते राती पुल भत्किएपछि विस्तारै आसपासको क्षेत्र पनि भत्किन थाल्यो । जमिन भत्किएर बग्ने क्रम नरोकिएपछि २०४२ सालदेखि बसोबास भएको यो परिवार विस्थापित भयो । अहिले घर भएको ठाउँमा ठुलो खाडल छ । उनीहरु नजिकै डेरामा सरेका छन् । पुल चाडो बनोस् भन्ने उनीहरुको चाहना छ । तर, पुल निर्माणमा ढिलाई हुदा खाडल पुरेर पुनः घर ठड्याउने राई परिवारको आशा पुरा भएको छैन । ‘मेरो त घरै लगिसक्यो, अहिले भाडामा छुँ । कतैबाट केही पाइएन । अरुतिर जमिन किन्न सक्दिन,’ पीडित रत्नकुमारीले भनिन्,‘पुल चाडो बनिदिए हुन्थ्यो, नभएपनि साइडमा गाह्रो उठाइदिए त माटो लगाएर खाडल पुर्थे र घर बनाउथे ।’
शुरुमा पुल मात्र भत्किदा उनको घरलाई ठुलो क्षति भएको थिएन । सम्बन्धित निकायले चाडै भत्किएको पुलको अवशेष निकाल्न चासो नदिदा बाढीले कटान गर्दै उनको घर भएको जमिन लगेको थियो । क्षति उनको घरमा मात्र सिमित रहेन । निरन्तरको कटानले अर्का छिमेकी विष्णुमाया परियारको घर पनि जोखिममा परिसकेको छ भने दक्षिणतर्फ रहेको वडा १९ को एलोहिम चर्चाको मुख्य गेट नै भत्किन लागेको छ । चाडै रोकथामको उपाय नगरे दिनहुँको बाढीले यी दुवैलाई ठुलो क्षति पुग्ने खतरा छ । ‘बाढी आउदा रातभरि सुत्न सक्दैनौं, घर लड्छ कि भनेर सातो जान्छ,’ विष्णुमायाले भनिन्,‘पहिल्यै ध्यान दिएन, अहिले ठेकेदारले कामै गरेन ।’ पुल नबने पनि गाह्रो उठाइदिन वा तारजाली हाल्न अनुरोध गरेपनि सुनुवाई नभएको उनले बताइन् ।
दक्षिण एसियाकै उत्कृष्ट अस्पतालमध्ये एक मानिएको बीपी प्रतिष्ठानमा पुर्वका जिल्लाहरुबाट विरामी रिफर भइ आउने गर्छन् । ती विरामीलाई बीपीमा ल्याउन र लैजान प्रयोग हुने मुख्य मार्ग भनेको धनकुटे रोड भनेर चिनिने सडकखण्ड हो । यही सडकखण्डमा पर्ने खहरे खोलाको पुल बाढीले निरन्तर कटान गर्दै लगेर २०७२ असोज ७ गते राती भत्किएको थियो । धरानको वडा ८ र १९ को सिमानामा रहेको यो पुल भत्किएपछि यो सडकखण्डमा सवारी आवागमन ठप्प छ । साविक सडक अवरुद्ध भएपछि विरामी बोक्ने एम्बुलेन्स घुमाएर लैजानु पर्दा धेरै समस्या भोग्नु परिरहेको चालकहरु बताउँछन् ।
‘विरामीको ज्यानै पनि जोखिममा हुन्छ, बीपीबाट रिफर भएको विरामी हो वा बीपीमा ल्याउने विरामी होस, अस्पतालले २ मिनेट छिटो ल्याएको भए बच्थ्यो भन्छन्,’ एम्बुलेन्स चालक पुर्णबहादुर कार्कीले भने,‘अब बाटो नै घुमाउरो छ, खाल्डाखुल्डी छ । घुमेर भानुचोक हुदै आउदा जादा जाममा परिन्छ, बाटो पनि साँघुरो छ, र ढिलो हुन्छ ।’ बीपीमा पुर्वका अधिकांश जिल्लाबाट विरामी रिफर भइ आउछन् भने बीपीबाट पनि न्युरोका विरामी र आइसियु नभएका विरामी विराटनगर रिफर हुने गर्छन् ।
धनकुटे रोड हुदै चल्ने सवारी पुल भत्किएपछि भानुचोक हुदै वा बगैचालाइनको सहायक सडक खण्ड हुदै आवागमन हुने गरेको छ । जसले गर्दा ती क्षेत्रमा सवारी चाप बढेको छ । यसले जोखिम तथा सिकिस्त विरामी बोकेका एम्बुलेन्सहरुलाई समस्या पारेको चालकहरु बताउँछन् । ‘बाटो जाम र साँघरो हुन्छ, तर विरामी अस्पतालमा समयमै पुर्याउन एम्बुलेन्स चालकले ढिलाई गरेको जस्तो देखिन्छ,’ अर्का चालक राम कुमार राई भन्छन्,‘पुल चाडै बनोस्, अनि बाटो पनि क्लियर होस् ।’
सडक डिभिजन कार्यालय विराटनगरले निर्माण कम्पनीलाई ठेक्का दिएर गत मंसिरदेखि पुल बनाउन थालेपनि अहिले निर्माण कार्य भने ठप्प छ । असार मसान्तभित्र निर्माण सम्पन्न गर्नुपर्ने पुल आर्थिक बर्ष सकिदा पनि पुरा भएको छैन । ठेकेदार सम्पर्कविहिन छन् । पुल निर्माणमा ढिलाई भएको भन्दै आइतबार धरानका मेयर तारा सुब्बा सडक डिभिजन कार्यालय विराटनगर पुगेर प्रमुख डिइ जितेन्द्र चौधरीको ध्यानाकर्षणसमेत गराएका थिए ।
...................................
बीपीको मुख्य गेटअघि नै जाम
विरामी बोकेका एम्बुलेन्सहरुलाई कोशी राजमार्गअन्र्तगत सडकखण्डमा हुने जामले मात्र होइन, बीपी प्रतिष्ठानको मुख्य प्रवेशद्धार अघिकै सडकमा हुने जामले पनि हैरान पारेको छ । बुद्धचोकदेखि मुख्य गेटसम्मको खाल्डाखुल्डी र सडकमा जथाभावी पार्किङले विरामी बोकेका एम्बुलेन्सहरुलाई आवागमन सहज छैन ।प्रतिष्ठानको प्रवेशद्धार अघि नो पार्किङको चिह्न राखेर पार्किङ निषेध गरिए पनि पालाना भने सुन्य छ । टेम्पो, सिटि सफारी र मोटरसाइकल मात्र होइन, प्रतिष्ठानको प्रवेशद्धार अघिको सडकमा एम्बुलेन्ससमेत पार्किङ गरेर राखिएका हुन्छन् । ‘बुद्धचोकदेखि क्याम गेटसम्म सडक एकदमै साँघुरो हुन्छ, विरामीलाई छिटो अस्पताल पुर्याउनु पर्ने बेलामा त्यसले ढिलाई गर्छ,’ एम्बुलेन्स चालक रामकुमार राईले भने, ‘निषेध भनिए पनि सडकै बाइक पार्किङ हुन्छ । लाइन लागेर टेम्पो, सफारी मान्छे उठाउन रोकिन्छ । यो सब नरोकेसम्म हामीलाई भन्दा पनि विरामीलाई गाह्रो हुन्छ ।’
................................
घर भत्कियो, क्षतिपुर्ति कतैबाट आएन
धरान ८, धनकुटे रोडकी रत्नकुमारी राई हरेक दिन भत्किएको पुल नजिक पुग्छिन्, र सितल ठाउँमा बसेर समय कटाउछिन् । पहिला पुलसँगैको जमिनमा उनको घर थियो, त्यही घरमा उनको परिवारको प्राण बस्थ्यो । अहिले त्यहाँ न जमिन छ, न उनीहरुको घर ।२०७२ असोज ७ गते राती पुल भत्किएपछि विस्तारै आसपासको क्षेत्र पनि भत्किन थाल्यो । जमिन भत्किएर बग्ने क्रम नरोकिएपछि २०४२ सालदेखि बसोबास भएको यो परिवार विस्थापित भयो । अहिले घर भएको ठाउँमा ठुलो खाडल छ । उनीहरु नजिकै डेरामा सरेका छन् । पुल चाडो बनोस् भन्ने उनीहरुको चाहना छ । तर, पुल निर्माणमा ढिलाई हुदा खाडल पुरेर पुनः घर ठड्याउने राई परिवारको आशा पुरा भएको छैन । ‘मेरो त घरै लगिसक्यो, अहिले भाडामा छुँ । कतैबाट केही पाइएन । अरुतिर जमिन किन्न सक्दिन,’ पीडित रत्नकुमारीले भनिन्,‘पुल चाडो बनिदिए हुन्थ्यो, नभएपनि साइडमा गाह्रो उठाइदिए त माटो लगाएर खाडल पुर्थे र घर बनाउथे ।’
शुरुमा पुल मात्र भत्किदा उनको घरलाई ठुलो क्षति भएको थिएन । सम्बन्धित निकायले चाडै भत्किएको पुलको अवशेष निकाल्न चासो नदिदा बाढीले कटान गर्दै उनको घर भएको जमिन लगेको थियो । क्षति उनको घरमा मात्र सिमित रहेन । निरन्तरको कटानले अर्का छिमेकी विष्णुमाया परियारको घर पनि जोखिममा परिसकेको छ भने दक्षिणतर्फ रहेको वडा १९ को एलोहिम चर्चाको मुख्य गेट नै भत्किन लागेको छ । चाडै रोकथामको उपाय नगरे दिनहुँको बाढीले यी दुवैलाई ठुलो क्षति पुग्ने खतरा छ । ‘बाढी आउदा रातभरि सुत्न सक्दैनौं, घर लड्छ कि भनेर सातो जान्छ,’ विष्णुमायाले भनिन्,‘पहिल्यै ध्यान दिएन, अहिले ठेकेदारले कामै गरेन ।’ पुल नबने पनि गाह्रो उठाइदिन वा तारजाली हाल्न अनुरोध गरेपनि सुनुवाई नभएको उनले बताइन् ।
Comments
Post a Comment