बराहमा किचन, १६डि थिएटर र मसाज चेयर

धरान,असार ३१ । सुनदेखि नुनसम्मको नारा दिएर स्वदेश तथा विदेशमा चर्चित बराह ज्वेलरी इण्ड्रष्ट्रिज प्रालिले मनोरञ्जन तथा होटल व्यावसायको सेवालाई थप विस्तार गरेको छ । स्थापनाको २३ औं बार्षिकोत्सव मनाउने तयारी गरिरहेको बराहले साउन १ गते(आज आइतबार)देखि अन्र्तराष्ट्रियस्तरको खानाको परिकार पाउने बराह फेमिली किचन सञ्चालनमा ल्याउदैछ भने  मनोरञ्जनको लागि १६डि थिएटर र मसाज चेयरसहित बराह बाल संसारको सेवा पनि विस्तार गरेको छ ।
प्रालिले शनिबार पत्रकार सम्मेलन गर्दै धरानस्थित आफ्नै कम्प्लेक्समा एक करोड थप लगानी गरेर यी सेवा विस्तार गरेको जनाएको छ । आइतबारदेखि बराह किचन, १६डि र मसाज चेयरको शुरुवात भएपनि औपचारिक उद्घाटन भने भदौ ५ गते बार्षिकोत्सवको अवसरमा हुने प्रालिका धरान शाखा प्रमुख मानबहादुर विश्वकर्माले जानकारी दिए । ‘चौथो तलामा १६डि थिएटर, बालसंसार र मसाज चेयर रहन्छ, पाँचौ तलामा बराह फेमिलि किचन हुन्छ,’ प्रमुख विश्वकर्माले भने, ‘नुनदेखि सुनसम्म किनमेल पनि यही गर्ने, आफ्ना नानीहरुलाई यही खेलाउने, अभिभावकहरु पनि १६ डिमा मनोरञ्जन गर्दै पारिवारिक जमघटमा मिठो परिकार खान पाउने वातावरण तयार गरेका हौं ।’
धरानको मनोरम दृष्य अवलोकन गर्न सकिने किचनमा सय जनासम्मको क्षमता रहेको प्रालिले जनाएको छ । ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वस्थ्यवद्र्धक स्वदेशी तथा विदेशी विभिन्न प्रकारको खानाका परिकार किचनमा पाउने प्रालिको भनाई छ । किचनमा इटालियन, कन्टिनेटल तथा नेपाली स्वादिष्ट परिकारहरुको साथमा पुर्वमा पहिलो पटक इटलीको अन्र्तराष्ट्रियस्तर ब्राण्डको कफी इलि प्रमुख आकर्षण रहने प्रालिको केन्द्रीय कार्यालयका प्रशासन प्रमुख पावेल उदासले जानकारी दिए । ‘इलि ब्राण्डको कफी पुर्वमा कहि पनि छैन, हामीले नै पहिलो पटक लञ्ज गर्दैछौं । यो कफिको दाना, मेशिनहरु सबै उताकै ल्याएका छौं,’उनले भने,‘किचनको लागि काठमाण्डौंबाट सेफसहित १५ जनाको टिम ल्याएका छौं, इलि कफिको लागि पनि छुट्टै टिम छ ।’
बराहले बालबालिकाको मनोरञ्जनको लागि यसअघि नै बालसंसार सञ्चालन गरेको थियो । अहिले कार रेसिङ, सुटिङ, बाइक रेसिङलगायत थप गरेर गेम जोन सञ्चालन गरेको हो । यस्तै, बयस्क तथा अभिभावकहरुलाई ३० मिनेटको रोमान्चकारी यात्रामा लगेर मनोरञ्जन दिलाउन  १६ डि थिएटर सेवा सुरुवात गरेको बराहका प्रशासकीय अधिकृत गंगा कालिकोटेले बताए । बाह्र सिट क्षमता भएको यो थिएटरमा एक जनाले ३ सय शुल्क तिर्नुपर्छ । साथै, स्वास्थ्यको लागि शरीरको सम्पुर्ण भागहरुको मसाज गर्ने मसाज चेयर पनि रहेको उनले बताए ।
२०५२ साल भदौदेखि स्वर्गीय इन्द्रबहादुर लामिछानेले बराह ज्वेलरीको धरानमा शुरुवात गरेका थिए । उनकै परिकल्पनामा काठमाण्डौ, पोखरा, चितवन हुदै विदेशमा पनि हङकङ, युकेलगायत मुलुकमा पनि बराहको कारोबार फैलिइसकेको छ । सुनचादी व्यापारबाट शुरु भएको बराहले पछिल्लो समय डिपार्टमेन्ट स्टोर, बचत तथा शहकारी, ट्राभल एण्ड टुर्स, रेमिटेन्स, कृपादृष्य डिजिटल, कृर्षि उपज तथा पशुपालन प्रालिलगायत विविध क्षेत्रमा लगानी छ ।











Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे