धरानको वडा १४ मा कांग्रेसको प्यानल

धरान, असार २३ । पौराणिक तथा धार्मिक महत्वको सम्पदा रहेका धरान उपमहानगरपालिका वडा १४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
असार १४ गतेको स्थानीय तह निर्वाचनको जारी मतगणनाको क्रममा शुक्रबार साँझ घोषित नतिजा अनुसार वडा १४ मा कांग्रेसका अध्यक्ष कृष्ण भट्टराईको प्यानल विजयी भएको हो । भट्टराईले १ हजार १७ मत पाएर अध्यक्षमा विजयी हुँदा उनको निकटतम प्रतिद्धन्दी झलकबहादुर श्रष्ठले ५ सय ६५ मत मात्र पाए । विजयी भट्टराईको प्यानलबाट महिला सदस्यमा शोभा पुलामी राई, दलित महिला सदस्यमा मनिषा बिक र सदस्यद्धयमा मञ्जिल कसजु, सीता पौडेल विजयी भएका छन् ।
धरानको २० वटा वडाहरुमध्ये हालसम्म १० वटा वडाको मात्र मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएको छ । ती वडामध्ये ६ वटामा एमाले र ४ वटामा कांग्रेसको प्यानल विजयी भएको छ । नेकपा माओवादी केन्द्रले भने एउटा पनि वडामा जित दर्ता गरेको छैन । एमालेले वडा ३, ४, ६, ७, ८ र १२ मा प्यानल जितेको छ भने कांग्रेसले वडा १, २, ५ र १४ वडामा प्यानल जितेको छ । धरानको वडा ९ र १० को पनि गणना कार्य सकिएपनि परिणाम घोषणा अघि विवाद भएपछि नतिजा सार्वजनिक गरिएको छैन ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे