२\२ वडामा कांग्रेस र एमालेको प्यानल विजयी

धरान, असार १७ । स्थानीय तह निर्वाचनअन्र्तगत धरान उपमहानगरपालिकामा नेपाली कांग्रेस र एमालेबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । शनिबार राती ११ बजेसम्मको मतगणनाको परिणाम अनुसार धरानमा कांग्रेस र एमालेले २÷२ वडामा प्यानललै विजयी भएको छ ।
राती ११ बजेसम्म सम्पन्न मतगणनाअनुसार वडा नं १ र २ मा कांग्रेसको प्यानल विजयी भएको छ भने वडा ३ र ४ मा एमालेको प्यानल विजयी भएको छ । वडा नं १ मा कांग्रेसका अध्यक्षका उम्मेदवार रोशन अधिकारीको प्यानल विजयी भएको छ । वडा १ मा अधिकारीले १०२९ मत पाए भने उनका निकटतम प्रतिद्धन्दी एमालेका भरत सुवेदीले ५४२ मत मात्र पाए । कांग्रेसको अधिकारी प्यानलबाट महिला सदस्यमा रहिसा कसजु, दलित महिला सदस्यमा रिता सुन्दास र खुल्ला सदस्यमा विवेक प्रसाई, विनोद मानन्धर विजयी भएका छन् ।
 यस्तै, वडा नं २ मा पनि कांग्रेसकै वडा अध्यक्ष उम्मेदवार माधवगोविन्द श्रेष्ठको प्यानल विजयी भएको छ । श्रेष्ठले ४९३ मत पाए भने उनका प्रतिद्धन्दी एमालेका मुकुल कायस्थले ४४० मत मात्र पाए । श्रेष्ठको प्यानलबाट महिला सदस्यमा सन्धया श्रेष्ठ, दलित महिला सदस्यमा बुना बिक, खुल्ला सदस्यद्धयमा दिलबहादुर तामाङ(धर्म) र मुकेश अग्रवाल विजयी भएका छन् ।
पकड वडामा कांग्रेसको प्यानलले जित दर्ता गराउदा एमालेले पनि वडा ३ र ४ मा प्यानलै जित दर्ता गरेको छ । वडा ३ मा एमालेका वडा अध्यक्ष उम्मेदवार आशाकुमार श्रेष्ठको प्यानल विजयी भएको छ । श्रेष्ठले ८ सय ७४ मत पाएर विजयी हुदा निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका सर्वजित राईले ४ सय ७९ मत पाए । विजयी श्रेष्ठको प्यानलबाट महिला सदस्यमा उषा सुब्बा(लिम्बू), दलित महिला सदस्यमा चन्द्रकुमारी बिक र खुला सदस्यद्धयमा विकास कुमार वनेपाली र हरिप्रसाद शाही विजयी भए । यसैगरि, वडा नं ४ मा एमालेका वडा अध्यक्ष उम्मेदवार मानबहादुर राईको प्यानल विजयी भएको छ । राईले ६ सय ७० मत पाएर विजयी हुदा उनका निकटतम प्रतिद्धन्दी चन्द्र राईले ३ सय ७० मात्र मत पाएका थिए । विजयी राईको प्यानलबाट महिला सदस्यमा गंगा राई, दलित महिला सदस्यमा तुलसी परियार, खुला सदस्यमा गोरसमान आले र धनबहादुर राई विजयी भएका छन् । यस्तै, वडा ४ मा
कुल २० वटा वडा रहेको धरानमा शनिबार रातीसम्म ३ वडाको मात्र पुर्णमतपरिणाम सार्वजनिक भएको हो । वडा नं १, २, ३ र ४ मा क्रमशः १९५२, १४०३, १९०६ र १२८४ मत खसेको थियो । धरानमा ७९ हजार २ सय ९० मतदाता रहेकोमा असार १४ गतेको स्थानीय निर्वाचनमा ५३ हजार ८ सय १२ मत खसेको थियो ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे