धरानको वडा ६ र ७ मा एमालेको प्यानल विजयी

धरान, असार १८ । स्थानीय तह निर्वाचनअन्र्तगत धरान उपमहानगरपालिकाको वडा नं ६ र ७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
आइतबार साँझ साढे ७ बजेसम्म दुवै वडाको अन्तिम मतपरिणाम अनुसार वडा नं ६ मा एमालेका भुवनसिंह बस्नेत र वडा ७ मा भुपेन्द्रराज मोक्तान(भुवन)को प्यानल विजयी भएको हो । वडा ६ मा एमालेका अध्यक्षमा विजयी बस्नेतले १ हजार ४ सय २० मत पाउदा निकटतम प्रतिद्धन्दी कांग्रेसका भुपेन्द्र भटराईले १ हजार ८० मत मात्र पाए । बस्नेतको प्यानलबाट महिला सदस्यमा गोमादेवी गौतम, दलित महिला सदस्यमा देवीमाया बिक, खुला सदस्यद्धयमा रमेशकुमार बस्नेत र हरिबहादुर राई विजयी भए ।
यसैगरि, वडा नं ७ मा वडा अध्यक्षमा विजयी मोक्तानले ६ सय १० मत पाए भने निकटतम प्रतिद्धन्दी कांग्रेसका सुवर्ण श्रेष्ठले ३ सय ८१ मात्र मत पाए । मोक्तानको प्यानलबाट महिला सदस्यमा गीता पाख्रिन, दलित महिला सदस्यमा डेकुमारी परियार र सदस्यद्धयमा जीवनराज सुवेदी र हरिनारायण श्रेष्ठ विजयी भएका छन् ।
धरानको वडा ७ सम्मको मतगणना सकिदा १, २ र ५ मा कांग्रेसको प्यानल विजयी भएको छ भने वडा ३, ४, ६ र ७ वडामा एमालेको प्यानल विजयी भएको छ । धरानको २० वटा वडामा ७९ हजार २ सय ९० मतदाता रहेकोमा असार १४ गतेको स्थानीय निर्वाचनमा ५३ हजार ८ सय १२ मत खसेको थियो ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे