धरानको गणना आजै राती सकिने, बहुमत वडामा एमाले

धरान,असार २६ । प्रदेश नं १ अन्र्तगत धरान उपमहानगरपालिकाको मतपरिणाम कार्य आजै राती सकिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मंगलबारमात्र अन्तिम मतपरिणाम आउने अनुमान गरेको कार्यालयले आइतबार राती ५ वटा वडाको गणना सम्पन्न गरेपछि बाँकी वडाको गणना राती सक्ने लक्ष्य लिएको जनाएको छ । निर्वाचन अधिकृत कमलबहदादुर थापाका अनुसार आइतबार राती अपेक्षा गरेभन्दा छिटो ५ वटा वडाको गणना कार्य सकिएको थियो । ‘आइतबार राती धेरै छिटो गणना कार्य भयो, त्यसैले बाँकी वडाको गणना आज रातीसम्म सक्छौं,’ निर्वाचन अधिकृत थापाले भने, ‘सकिएको वडाको गणकहरुलाई पनि बाँकी वडामा केन्द्रीत गरेर समुह बढाउदैछौं ।’
कार्यालयका अनुसार आइतबार मध्यरातसम्म गणना भइरहेको वडा ९, १०, १८, १९ र २० वडाको गणना सकिएको थियो । अब धेरै मतदाता भएको वडा ११, १६, १७ र १५ को मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ । ती वडाको पनि अधिकतर मतगणना भइसकेकोले साँझसम्म अन्तिम परिणाम आउने थापाले बताए । बाँकी वडामध्ये पनि ११ र १६ को मतगणना सकिन लागेको छ ।
...............................

९, १० र १९ मा एमाले, १८ मा कांग्रेसको जित

आइतबार राती सम्पन्न मतगणनाअनुसार वडा १,१० र १९ मा एमाले विजयी भएको छ भने १८ मा कांग्रेसले जित दर्ता गरेको छ । एमालेले वडा १० र १९ मा प्यानल जित दर्ता गराउदा वडा ९ मा दुई छाप खुला सदस्यबाहेक एमाले उम्मेदवार विजयी भयो । यस्तै, वडा १८ मा पनि दुई छाप खुला सदस्यबाहेक पदमा कांग्रेस विजयी भएको छ ।
निर्वाचन अधिकृत कार्यालयले घोषणा गरेअनुसार वडा ९ मा एमालेका रत्नबहादुर कटवालले ७ सय १५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्धन्दी रुपेश आचार्यले ६ सय ६९ मत ल्याएका थिए । महिला सदस्य, दलित महिला सदस्य र एकछाप खुला सदस्यमा क्रमशः एमालेका रिचा शंकर, सविना उदास शाक्य र मनोजकुमार राउत विजयी भए । दुई छाप खुला सदस्यमा भने कांग्रेसका शरदरत्न पार्थिव १ मतले विजयी भए ।
वडा १० मा एमालेका श्रीप्रसाद लिम्बूको प्यानल विजयी भएको छ । विजयी लिम्बूले ८ सय १ मत ल्याउदा कांग्रेसका डम्बरसिं लिम्बूले ६ सय १ मत ल्याए । महिला सदस्यमा राधिका राई, दलित महिल सदस्यमा अरुण सुन्दास, खुला सदस्यद्धयमा कृष्णकुमार राई र समसेर वर्देवा विजयी भए । यसैगरि, एमालेको पकड रहेको वडा १८ कांग्रेस र समाजवादीका अध्यक्ष उम्मेदवार नरेन्द्रकुमार राई(प्रविण)ले ५ सय ६८ मत ल्याएर विजयी भए । उनका निटकटम प्रतिद्धन्दी एमालेका ३ सय २८ मत मात्र ल्याए । महिला सदस्य, दलित महिला सदस्य र एक छाप खुला सदस्यमा कांग्रेसकै क्रमशः दिलकुमारी राई, जमुनम त्रिखत्री मोक्तान र टंकप्रसाद गुरुङ विजयी हुदा दुई छाप सदस्यमा भने एमालेका जगदिप सुनुवार विजयी भए । यसअघि २०४९ र २०५४ को स्थानीय निर्वाचनमा यो वडामा एमालेको प्यानल विजयी भएको थियो ।
 वडा १९ मा एमालेका अध्यक्ष उम्मेदवार पुर्णबहादुर लिम्बूको प्यानल विजयी भएको छ । उनले ७ सय ५२ मत ल्याउदा निकटतम प्रतिद्धन्दी कांग्रेसका देउमान लिम्बूले ५ सय ४६ मत ल्याए । विजयी लिम्बूको प्यानलबाट महिला सदस्यमा जायत्रा लिम्बू, दलित महिला सदस्यमा चन्द्रमाया विश्वकर्मा, खुला सदस्यद्धयमा मेघनाथ राई र राजकुमार राई विजयी भएका छन् । मतगणना जारी रहेको वडा ११, १५ र १६ मा एमालेको अग्रता छ भने वडा १७ मा माओवादी केन्द्रको अग्रता छ । मेयर र उपमेयरमा पनि एमाले उम्मेदवारको अग्रता रहेको छ । गणना सकिएको १६ वटा वडामध्ये १, २, ५, १४ र १८ मा कांग्रेसको जित भएको छ भने ४, ६, ७, ८, ९, १०, १२, १३, १८, १९ र २० वडामा एमालेको जित भएको छ।








Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे