धरान उपमहानगरमा बेतिथि,कार्यालयभित्रै सेवाग्रहीसँग रकम असुल्दै बिचौलिया


धरान,साउन १२ । धरान उपमहानगरपालिकाको सामाजिक विकास शाखाअन्र्तगत पञ्चीकरण इकाई कार्यालयभित्रै बसेर बिचौलियाहरुले सेवाग्राहीसँग रकम असुलिरहेको पाइएको छ । आँखै सामुन्ने विचौलियाले सेवाग्राहीहरुबाट रकम असुर गरिरहेको देखेपनि इकाइका प्रमुख राजकुमार डंगोलले कारबाही गर्न वा तिनीहरुलाई प्रवेशमा रोक लगाउन भने निरिहता प्रकट गरेका छन् ।
बिचौलियाकारुपमा काम गरिरहेका घनश्याम रिजाल र कुमार श्रेष्ठ पञ्जिकरण इकाइभित्रै अलगै टेवलबाट सेवाग्राहीलाई सघाउने नाममा दराजबाट फाइल झिक्ने र राख्ने मात्र गर्दैनन्, सेवावापत दस्तुर पनि लिइरहेका छन् । सेवाग्राहीहरुका अनुसार विचौलियाद्धयले निवेदन लेखिदिएवापत २ सय रुपैया रेट भन्दै पैसा लिइरहेका छन् । तर, सबैले २ सय दिदैनन् । सेवाग्राहीअनुसार कसैबाट ५० र कसैबाट एक सय रुपैया उनीहरुले कार्यालयभित्रै असुल गरिरहेको पाइएको छ । रिजाल अधिकांश समय मालपोत कार्यालयमा बसेर लेखापढी गर्ने व्यक्ति हुन् । तर, हिजोआज उनी उपमहानगरको पञ्जीकरण इकाइमा भेटिने गरेको सेवाग्राहीहरु बताउछन् ।
अर्का विचौलिया श्रेष्ठ त सधै सरकारी कर्मचारीले लगाउने निलो पाइन्ट र सेतो सर्टमा इकाइमा उपस्थित हुन्छन् । जसले गर्दा सेवाग्राहीहरु उनी कर्मचारी नै हुन् भनेर झुक्किने गरेका छन् । ‘मैले त यहीको कर्मचारी होला भन्ने ठानेको तर होइन रहेछ,’जन्मदर्ता हराएपछि विराटनगरबाट लिन आएकी राधा गिरी नेपालले भनिन्,‘मैले नभनिकनै निवेदन लेखिदियो । मैले पनि कर्मचारी नै होला भन्ने ठाने, नत्र म आफै लेख्थे । सय रुपैया मागेपछि दिए, पछि बिल काउण्टरमा पुगेर मात्र कर्मचारी होइन भन्ने थाह पाए ।’
छोराको जन्मदर्तामा बुबाको नाममा हजुरबुबाको परेपछि सच्याउन आएका धरान ३ का उमेश दर्नालले पनि निवेदन देखिदिए वापत रिजालले २ सय मागेको बताए । तर, ५० रुपैया मात्र दिनसक्ने भन्दै सय रुपैया दिदा रिजालले त्यो राखेको उनले बताए । ‘रेट २ सय हो भन्यो, मैले ५० राख्नुस न भनेको सय रुपैया नै लग्यो,’ दर्नालले भने,‘दिनभरि टेम्पो चलाएर कमाइखानु पर्ने मान्छे, यहाँ कुरेर बसेको नै डेढ घण्टा भइसक्यो । पैसा लिएर निवेदन देखिदिने काम पनि राम्रो भएन ।’ सञ्चारकर्मी पुगेपछि रिजालले लिएको सय रुपैया फिर्ता गरेका थिए ।
कर्मचारीले मात्र कार्यालयको महत्वपुर्ण फाइलहरु निकालने र राख्ने गर्नुपर्नेमा जोकोही पसेर निकाल्ने गरेको र सेवाग्राहीसँग पैसा असुलेको देख्दा दुःख लागेको सेवाग्राही बिक्रम सुनारले बताए । ‘जसले पायो त्यसले दराजबाट कागजपत्र, फाइल निकाल्ने अधिकार नहुनु पर्ने हो, महत्वपुर्ण कागजपत्र हराउदा कस्ले जिम्मा लिने ? सिसिटिभीको निगरानी हुनुपर्छ,’ बिक्रमले भने,‘यसरी कार्यालयभित्रै बसेर निवेदन देखिदिएकै भरमा पैसा उठाउन पनि निषेध हुनुपर्छ ।’ सेवाग्राहीबाट पैसा उठाइरहेका बिचौलिया रिजालले सेवा गरेवापत सेवाग्रहीहरुबाट स्वेच्छाले पैसा लिएको जिकिर गरे । ‘भित्र बसेर दराज खोल्ने हाम्रो अधिकार छैन, झिकेको फाइल राखिदिएको मात्र हो,’उनले भने,‘सेवा गर्दा खुशीले जति दिनुहुन्छ, लिन्छौं ।’
इकाई प्रमुख डंगोलले भने खुलेर कुरा गर्न चाहेनन् । आप्m्नो इकाईमा जम्मा २ जना मात्र कर्मचारी भएको र भिडभाड हुने भएकोले सबैलाई ध्यान दिन नसकेको उनले बताए । ‘हामी २ जना मात्र छौं, कस्ले के गरेको छभन्ने ध्यान हुदैन, धेरै नै भिडभाड हुन्छ,’ उनले भने,‘भित्र बसेर अरुले काम गर्न पाउदैनन्, फाइलहरु पनि झिक्न पाउदैन ।’
.......................................................

                                       बिचौलियालाई निषेध गर्न निर्देशन

धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले चौलियाले रकम असुलेको बारे जानकारी पाएलगत्तै बिहिबार नै पञ्चीकरण इकाइ प्रमुख डंगोललाई बोलाएर बिचौलियाहरुलाई कार्यालय प्रवेशमा निषेध गर्न निर्देशन दिएका छन् । उनले कर्मचारीबाहेक अन्य कसैलाई पनि रेकर्ड अथवा फाइलाहरु निकाल्न नदिन पनि कडा निर्देशन दिए । ‘रेकर्ड, फाइलहरु निकाल्न अरु कसैलाई पनि दिनुभएन । काम गरेको भन्दै रेट नै तोकिएको छ रे, अबदेखि त्यस्तो सुन्न नपरोस्,’प्रमुख सुब्बाले निर्देशन दिदै भने,‘अरु कसैले कार्यालय भित्रै पसेर काम गर्नुभएन, अबदेखि त्यहाँ आउन बन्देज लगाउनुस्, र फेरि यस्तो सुन्न नपरोस् ।’ इकाइ प्रमुख डंगोलले वडा कार्यालयबाट नै सेवाग्राहीहरुलाई निवेदन लेखेर ल्याउने व्यवस्था गरेमा समस्या समाधान हुने बताए ।





Comments

  1. ho...yesto bichauliya haru hataunu parx...ya nisulka sewa diney help-desk hunu paryo...ra...malpot karalaya ma pani testai samasya x...important files karmachari bahek jo koi bichaula le nikali bigar/haraideye k hunx?..tnx for exposing reporter jui

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे