फोटो पत्रकार समुहको शाखा गठन

धरान,असार २६ । राष्ट्रिय फोटो पत्रकार समुहको सुनसरी जिल्ला शाखा गठन भएको छ । सोमबार धरानमा आयोजित फोटो पत्रकारहरुको भेलाले अग्रज फोटो पत्रकार यात्रा थुलुङको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन भएको हो ।
समुहका अध्यक्ष ध्रव आलेसहित केन्द्रीय पदाधिकारीको उपस्थितिमा भएको भेलाले तदर्थ समितिको उपाध्यक्षमा वेदराज पौडेल, सचिवमा विकास चाम्लिङ राई, सहसचिवमा उपेन्द्र चाम्लिङ राई र कोषाध्यक्षमा सुनिता केसी राई सर्वसम्मत चयन भएका छन् । यस्तै, सदस्यहरुमा सोहन श्रेष्ठ, नरेन राई, सागर सिजाली मगर, विनज राजवंशी र दिपक कार्की चयन भएका छन् । तदर्थ समिति गठनसँगै सुनसरी समुहको २० औं शाखा भएको समुहका सचिव प्रदीपराज वन्तले जानकारी दिए । मोफसलमा रहेका फोटो पत्रकारहरुलाई संगठित गर्दै क्षमता विकास गर्ने उद्देश्यले समिति विस्तारलाई प्राथमिकता दिएको वन्तले जानकारी दिए ।
पाँच दिने भ्रमणमा पुर्व आएको समुहको टोलीले ७ वटा जिल्लामा शाखा विस्तार गरेको जानकारी दिएको छ । ‘फोटो पत्रकारहरुबीचमा समन्वय गर्दै फोटोग्राफीबारे ज्ञान आदानप्रदान गर्न र व्यावसायिक फोटोपत्रकार उत्पादन गर्ने हाम्रो उद्देश्य हो,’ केन्द्रीय अध्यक्ष आलेले भने । तदर्थ समिति गठनअघि शुभकामना व्यक्त गर्दै अध्यक्ष यात्रा थुलुङले फोटोलाई बुझ्न निरन्तर फोटोग्राफी गर्नुपर्ने साथै उमेरले नभई काम र क्षमताले मात्र सिनियर, जुनियर हुने धारणा राखे । पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले ३ बर्षे कार्ययोजनामा फोटोपत्रकारहरुको क्षमता अभिवृद्ध गर्न तालिम आयोजनालाई पनि प्राथमिकता दिएको बताए । महासंघका पुर्वअध्यक्ष याम प्रधान, केन्द्रीय पार्षद वेदराज पौडेल र फोनिज केन्द्रीय उपाध्यक्ष भैरव आङलाले पनि फोटोग्राफी सम्बन्धी मोफसलका पत्रकारहरुलाई प्राविधिक ज्ञानको अभिवृद्धि आवश्यक रहेको बताए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे