धरानको वडा १७ मा मात्र माओवादीको जित

धरान,असार २६ । प्रदेश नं १ अन्र्तगत धरान उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रले एक मात्र वडा १७ मा जित हासिल गरेको छ । कुल २० वटा वडाको मतगणना सकिन लाग्दा माओवादी केन्द्रले १७ मा मात्र जित पाएको हो ।
गणना जारी रहेको वडा ११, १५ र १६ मा एमालेको अग्रता रहेकोले माओवादीको जित एउटा वडामा मात्र सिमित हुने निश्चित छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वडा १७ मा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार सुर्यबहादुर भटराई(मनोज) र उनको प्यानल विजयी हुदै धरानमा खाता खोलेको हो । अध्यक्षमा विजयी भटराईले १ हजार ८ सय ९९ मत पाउदा उनका निकटतम प्रतिद्धन्दी पुर्णप्रसाद राईले एक हजार ३ सय ९५ मत मात्र पाए ।
वडा १७ एमालेबाट मेयरमा जित सुनिश्चित भइसकेका उम्मेदवार तारा सुब्बाको वडा पनि हो । यसअघि दुवै स्थानीय निर्वाचनमा जित पाएको एमालेले यसपाली भने वडा १७ लाई जोगाउन सकेन । माओवादी केन्द्रको प्यानलबाट महिला सदस्यमा मिना लावती, दलित महिला सदस्यमा फुलमाया परियार, वडा सदस्यद्धय युवराज विष्ट र सुवास दर्जी विजयी भए । गणना सकिएको वडाहरु मध्ये १, २, ५, १४ र १८ गरी ५ वडामा कांग्रेसले जितेको छ भने ३, ४, ६, ७, ८, ९, १०, १२, १३, १९ र २० वडामा एमाले विजयी भएको छ । गणना जारी रहेको बाँकी ३ वडामा पनि एमालेको अग्रता छ ।




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे