१० औं राष्ट्रिय उसु प्रतियोगिता धरानमा हुने


धरान । प्रथम लुम्बिनी राष्टिय च्याम्पियनसिप अन्र्तगतको १० आंै राष्ट्रिय उसु प्रतियोगिता यही माघ दोस्रो साता धरानमा आयोजना हुने भएको छ ।
सुनसरी जिल्ला उसु संघले आइतबार जिल्ला खेलकुद विकास समितिमा पत्रकार सम्मेलन गरेर प्रतियोगिता माघ ११ गतेदेखि १५ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । १६ बर्षपछि धरानमा आयोजना हुन लागेको उसुको राष्ट्रिय प्रतियोगिता सफल बनाउन तीब्र तयारीमा जुटेको संघले जनाएको छ । यसअघि ०५४ सालमा उसुको चौथो राष्ट्रिय प्रतियोगिता धरानमा भएको थियो । यो प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदको आयोजना, नेपाल उसु संघको मुख्य व्यवस्थापन तथा जिल्ला उसु संघको स्थानीय व्यवस्थापनमा हुन लागेको हो ।
राखेपले आयेजना गरेको च्याम्पियनसिप अन्र्तगत विभिन्न जिल्लामा ३३ वटा खेलहरुको प्रतियोगिता सञ्चालन गरिरहेको छ । धरान १२ स्थित पब्लिक उच्चमाविको खेल मैदानमा हुने पाँच दिने प्रतियोगिताको उद्घाटन सशस्त्र प्रहरीका एआइजी दोर्जकुमार राईले गर्नेछन् भने समापनमा राखेपका सदस्यष् सचिव युवराज लामा प्रमुख अतिथि भएर आउनेछन् ।


स्थानीय व्यावस्थापक संघका अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका ४५ वटा जिल्ला र दुई वटा विभागीय टोलीले भाग लिनेछ । एउटा जिल्लाबाट बढीमा २३ जना खेलाडीको टिमले भाग लिन सक्नेछ । ‘४५ वटा जिल्लाबाहेक सेना र सशसत्र प्रहरीको उसुको विभागीय टिमले पनि भाग लिनेछन्’–संघका सचिव विकी राईले भने–‘खेलाडी र टिम प्रशिक्षक सबै गरेर ३ सय ५० को हाराहारीमा हुनेछन् ।’ प्रतियोगिताको लागि १० जना अन्र्तराष्ट्रिय र ३५ जना राष्ट्रिय निर्णायकहरु आउने उनले बताए ।

प्रतियोगितामा थाउलु(काता)मा पुरुषतर्फ  छाङ छ्वान ऐच्छिक, ताव सु/ कुन्सु अलराउण्ड ऐच्छिक, नान छ्वान/नान कुन सु अलराउण्ड ऐच्छिक, आयची छ्वान/थायची चेन सु अलराउण्ड र तुइलियान विधामा स्पर्धा हुनेछ । यस्तै, महिलातर्फ भने छाङ छ्वान ऐच्छिक, चीयन सु/छियाङ्ग सु अलराउण्ड ऐच्छिक, नान छ्वान/नान ताव सु अलराउण्ड ऐच्छिक, थायची छ्वान/थायची चेन सु अलराउण्ड र तुईलियान विधामा स्पर्धा हुने संघका कोषाध्यक्ष राजेन्द्र राईले जानकारी दिए । यसैगरी, सान्सौ(फाइट)तर्फको विधामा भने पुरुषतर्फ ४८ केजी, ५२ केजी, ५६ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८५ केजी तौल समुहमा स्पर्धा हुनेछ भने महिलातर्फ ४८ केजी, ५२ केजी, ५६ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौल समुहमा स्पर्धा हुने उनले बताए ।

कोषाध्यक्ष राईका अनुसार प्रतियोगिता सम्पन्न गर्न राखेपबाट संघलाई १२ लाख रुपैया मात्रै उपलब्ध गराइनेछ । तर, प्रतियोगितामा भने कुल १८ लाख २८ हजार खर्च हुने अनुमान गरिएको छ । बाँकी रकम नगरपालिका, सहयोगी संस्था एवं खेलप्रेमीहरुबाट संकलन गरिने उनले बताए । प्रतियोगितामा सहभागी खेलाडीहरुलाई दिनको ६ सयको दरले भत्ता उपलब्ध गराइनेछ भने राष्ट्रिय निर्णायकलाई १२ सय र अन्र्तराष्ट्रिय निर्णायकहरुलाई १४ सयको दरले भत्ता उपलब्ध गराइने उनले बताए । जिल्ला उसु संघका अध्यक्ष रमेश राईले १६ बर्षपछि धरानमा राष्ट्रिय प्रतियोगिता आयोजना हुनु गौरवपुर्ण भएको भन्दै सहयोग गर्न सबैमा आग्रह गरे । ‘यत्रो बर्षपछि राष्ट्रिय प्रतियोगिता धरानमा ल्याउन सफल भएका छौं, यो हाम्रो लागि गर्वको कुरा हो, सबै खेलप्रेमी महानुभावहरुलाई सहयोगको लागि अपिल गर्दछु’–उनले भने ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे