स्वर्गीय तामाङ परिवारलाई एनआरएन नाइजेरियाको सहयोग


धरान । नाइजेरियाबाट विदामा परिवार भेट्न घर आएको बेला निधन भएका मोतिबहादुर तामाङको परिवारलाई एनआरएन नाइजेरियाले आर्थिक सहयोग गरेको छ ।
एनआरएन नाइजेरियाका सदस्यसमेत रहेका स्वर्गीय तामाङको परिवारलाई संस्थाले एक लाख रुपैया सहयोग गरेको हो । एनआरएन नाइजेरियाका युथ कोअर्डिनेटर सन्तोष उदासले शनिबार तामाङको घरमा पुगेर श्रीमति निर्मला र छोरा मनिषलाई चेक हस्तान्तरण गरेका थिए । स्वर्गीय तामाङको श्रीमति र १६ बर्षीय एक छोरा छन् । रोजगारीको सिलसिलामा दुई बर्षअघि नाइजेरिया पुगेका स्वर्गीय तामाङ विदामा २५, डिसेम्बरमा घर आएका थिए ।
घर आइपुगेकै भोलीपल्ट विरामी भएपछि परिवारले उपचारकोक्रममा धरानका डाक्टर ज्ञानबहादुर श्रेष्ठ, विराट नर्सिङ होम हुदै परिवारले भारतको सिलगुडी पुर्याएको थिए । विराट नर्सिङले मलेरिया भएको र त्यसले कलेजोमा पनि संक्रमण गरिसकेकोले राम्रो हस्पिटलमा उपचार गर्न लैजान सुझाएको थियो । सिलगुडी पुग्दासम्म राम्रो अवस्थामा रहेका तामाङलाई पारामाण्उट हस्पिटलमा सिधै आइसियुमा भर्ना गरिएको श्रीमति निर्मलाले बताइन् । त्यहाँ तामाङलाई बेहोस बनाएर उपचार शुरु गरेका चिकित्सकहरुले बताएका थिए । स्वास्थ्यमा सुधार हुन नसकि १२, जनवरीमा तामाङको मृत्यु भएको थियो । ‘सिलगुडी पुग्दासम्म राम्रो थियो, त्यहाँ उपचार शुरु गरेपछि बहोस बनाएछन्, जनवरी १२ को दिन देहान्त हुनुभयो’–श्रीमति निर्मलाले भनिन् ।
एनआरएन नाइजेरियाका युथ कोअर्डिनेटर सन्तोष उदासका अनुसार तामाङ नाइजेरियाको अकाबारा भन्ने ठाउँमा काम गर्थे । उनी जुलियस बरजर भन्ने जर्मन कम्पनीमा काम गर्थे । संस्थाका सदस्यको अकास्मत मृत्युको खबरले सबै दुःखी भएको भन्दै उनले देउसी खेलेर संकलन गरेको रकम स्वर्गीय तामाङको परिवारलाई सहयोग गरेको उदासले बताए । ‘नेपालमा सहयोग गर्नको लागि बर्षेनी रकम संकलन गछौं, त्यसैअन्र्तगत स्वर्गीय हुनुभएको संस्थाको सदस्यका परिवारलाई सहयोग गरेका हौं’–उदासले भने ।

स्वर्गीय मोतिबहादुर तामाङकी श्रीमति निर्मला र छोरा मनिषलाई चेक हस्तान्तरण गर्दै एनआरएन नाइजेरियाका युथ कोअर्डिनेटर सन्तोष उदास ।
स्वर्गीय मोतिबहादुर तामाङको तस्बिर ।


Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे