बीपीका विद्यार्थीहरुद्धारा निःशुल्क स्वास्थ्य शिविर(फोटोफिचर)


धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययनरत मेडिकल ल्याबोरटरीका विद्यार्थीहरुले धरान १७, रेल्वेस्थित पञ्चकन्या माविमा सचेतनामुलक दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नेपाल मेडिकल ल्याबोरटरी स्टुडेन्ट सोसाइटीको आयोजनामा उक्त माविमा आइतबार र सोमबार निःशुल्क शिविर सञ्चालन भएको हो । शिविरको क्रममा विद्यार्थीहरुको दिशा जाँच र ब्लड ग्रुपिङ गरिएको सोसाइटीले जनाएको छ । सोसाइटीका अध्यक्ष रामविनय शाहका अनुसार पहिलो दिन विद्यार्थीहरुलाई कक्षामा पुगेर परजिवी के हो र शरीरमा कसरी सर्छ भनेर जानकारी दिइएको थियो । यसैगरि, परजिवी शरीरमा सरेपछि देखिने लक्षण र रोकथामको उपायहरुबारेमा पनि विद्यार्थीहरुलाई जानकारी दिइएको थियो । ‘फोहोर खानेकुरा, सरसफाइमा ध्यन नदिनेलगायत कारणले बच्चाहरुमा अनेक प्रकार रोगहरु लागेको हुन्छ’–अध्यक्ष शाहले भने–‘त्यसैबाट बच्न विद्यार्थीहरुलाई सचेतनामुलक शिविर चलाएका हौं ।’


शिविरको पहिलो दिन कक्षा ४ र कक्षा ५ का एक सय ३० जना विद्यार्थीहरुलाई दिशाको कन्टेनर बाँडिएको र सोमबार दिशाको नमुना संकलन तथा ब्लड गु्रपिङ गरिएको उनले बताए । दुई दिन पछि दिशाको रिपोर्ट आउने र त्यसको आधारमा विद्यार्थी एवं शिक्षक शिक्षिकाहरुलाई थप सुझाव दिइने शाहले बताए । उनका अनुसार विद्यार्थीहरुलाई निःशुल्क औषधी दिनको लागि पहल पनि भइरहेको छ । ‘दिशामा हुकवर्म भन्ने जीवाणु छ भने शरीरमा रगतको कमी देखिन्छ, अहिल्यै ब्लड ग्रुपिङ गरिरहदा फेरी गरिरहनु पनि पदैन’–उनले भने । बीपी प्रतिष्ठानकोसमेत सहयोगमा आयोजित शिविरमा सोसाइटीका दुई दर्जन सदस्य तथा अध्ययनरत विद्यार्थीहरुले शिविरमा सहयोग गरेका थिए । प्रतिष्ठानमा बिएस्सी एमएलटी अध्ययनरत पहिलो बर्षदेखि चौथो बर्षसम्मका विद्यार्थीहरु सोसाइटीमा आवद्ध छन् ।










Comments

  1. many many congratulation brothers... nmlssd

    ReplyDelete
  2. sahi kam garya chhan hamra vawisyaka scientist harule...we r proud of u

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे