फागुन अन्तिममा पाँचौं मिस्टर पूर्वाञ्चल


धरान । पाँचौं मिस्टर पूर्वाञ्चल खुल्ला अञ्चलस्तरी शारीरिक सुगठन प्रतियोगिता ०७० आगामी फागुन अन्तिम साता आयोजना हुने भएको छ । धरान १५ स्थित एलाइनेट जिम हलको आयोजनामा प्रतियोगिता फागुन ३० र चैत १ गते धरान ८ स्थित सभागृहमा आयोजना हुने भएको हो । आयोजकले एक विज्ञप्ती जारी गर्दै दुई दिने प्रतियोगिताको क्रममा जजेज कार्यशाला पनि सञ्चालन गरिने जानकारी दिएको छ । प्रतियोगिताको पहिलो दिन प्रि–जजिङ राउण्ड हुने र दोस्रो दिन छनौट भएका खेलाडीहरुबीच उपाधिको लागि फाइनल राउण्ड सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी र ७० केजी तौल समुहबीच मात्रै प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताका संयोजक बिक्रम लिम्बूका अनुसार प्रि–जजिङ राउण्डमा एक तौल समुहबाट ५ जना खेलाडी छनौट भई फाइनल राउण्डको लागि कुल २० छनौट हुनेछन् । फाइनल राउण्डमा प्रत्येक तौल समुहमा हुने प्रतिस्पर्धामा पहिलो दोस्रो, तेस्रो र चौथो खेलाडी छानिनेछन् । प्रत्येक तौल समुहका खेलाडीबीच हुने स्पर्धामा पहिलो हुने खेलाडीले मात्रै उपाधिको लागि ओभरअल राउण्डमा स्पर्धा गर्न पाउने संयोजक लिम्बूले बताए । ‘चार वटा तौल समुहमा प्रथम हुने चार जना खेलाडीले मात्रै उपाधिको लागि ओभरअल राउण्डमा प्रतिस्पर्धा गर्न पाउनेछन्’–संयोजक लिम्बूले भने ।
ओभरअल राउण्डबाट विजेता खेलाडीले पाँचौं मिस्टर पूर्वाञ्चलको उपाधि ट्रफी,मेडलसहित नगद ४० हजार हात पार्नेछन् । यस्तै, ओभरअल राउण्डमा दोस्रो हुने खेलाडीले नगद २० हजारसहित मेडल, तेस्रो हुनेले नगद १५ हजारसहित मेडल र चौथो हुनेले नगद १० हजारसहित मेडल पाउनेछन् । यसबाहेक वेष्ट पोजरको उपाधि पाउने खेलाडीले नगद ५ हजारसहित ट्रफी पाउने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा एउटा क्लबबाट एक तौल समुहमा २ जना खेलाडीले मात्रै भाग लिन पाउनेछन् । जसअनुसरा एउटा क्लबबाट चार वटा तौल समुहमा गरी जम्मा ८ खेलाडी र एक जना टिम मेनेजरले भाग लिन पाउने संयोजक लिम्बूले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे