धरान मोडेल कलेजमा खेल सप्ताह शुरु


धरान । धरान ४ स्थित धरान मोडेल कलेजमा खेल सप्ताह ०७० को शुरुवात भएको छ । विद्यार्थीको शारीरिक, बौद्धिक एवं मानसिक विकास गराउनको लागि बर्षेनी सप्ताहव्यापी विभिन्न खेल एवं सृर्जनात्मक कार्यक्रमहरु आयोजना भइरहेको कलेजले जनाएको छ ।
       पुष २९ गतेसम्म आयोजना हुने खेल सप्ताहको उद्घाटन मंगलबार कोशी अञ्चल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) यादवराज खनालले गरेका थिए । खेल सप्ताहको उद्घाटन गर्दै एसएसपी खनालले खेलकुदले मुलुकको आर्थिक क्षेत्रमासमेत प्रभाव पार्ने भन्दै विद्यार्थीहरुलाई अनुशासनमा राख्न खेलकुदले मद्दत पुर्याउने धारणा व्यक्त गरे । ‘खेलकुदले भातृत्वको विकास गराउछ, अनुशासनमा बस्न सिकाउछ’–एसएसपी खनालले भने–‘सबैभन्दा ठुलो कुरा त विद्यार्थी, युवाहरुलाई विकृति,विसंगतिमा फस्नबाट जोगाउछ र समाजलाई पनि विकृत्तिमुक्त गराउछ ।’
        कलेज प्रालिका अध्यक्ष सीताराम कोइरालाले विद्यार्थीहरुको बौद्धिक, शारीरिक विकास हुने भएकोले कलेजले अतिरिक्त क्रियाकलापमा पनि जोडदिएको बताए । क्याम्पस प्रमुख जीवनकुमार राईले पनि कलेजले स्थापनाकालदेखि नै विद्यार्थीहरुको शारीरिक, बौद्धिक र सृर्जनात्मक पक्षलाई उजागर गर्न खेलकुद सप्ताह गराउदै आएको बताए । ‘यसपाली सामाजिक उत्तरदायित्वको भावना जगाउन रक्तदान र मन्दिर सरसफाई कार्यक्रममा पनि विद्यार्थीहरुलाई सहभागी गराउदैछौं’–प्रमुख राईले भने ।
खेल सप्ताहको उद्घाटनसँगै मिनि म्याराथन सम्पन्न भएको कलेजको अतिरिक्त क्रियाकलाप उपसमितिले जनाएको छ । यसैगरि, चेस, टेबलटेनिस, ब्याडमिन्टन,क्यारेम, चाइनिज चेकर, फुटबललगायतका खेलहरु हुने संयोजक बद्री तामाङले जानकारी दिए । यसबाहेक, बुधबार हाजिरी जवाफ, बिहिबार वक्तृत्वकला, शुक्रबार कविता÷गजल, शनिबार सरसफाई, आइतबार गायन÷नृत्व तथा कला र सोमबार रक्तादान कार्यक्रमसँगै खेल सप्ताहको समापन हुने कलेजले जनाएको छ ।




 




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे