उदय र मनिला सोताङको धरानमा गजल साँझ हुने


धरान । चर्चित गायक दम्पत्ति उदय र मनिला सोताङको धरानमा दोस्रो गजल साँझ आयोजना हुने भएको छ ।
शहीद दिवसको अवसर पारेर धरान १९ स्थित आवर होम इङ्लिस स्कुलले माघ १६ मा गजल साँझ आयोजना हुने भएको हो । स्कुलले सोमबार एक पत्रकार सम्मेलन आयोजना गर्दै ‘ग्रान्ड गजल नाईट २’ नामको कार्यक्रमबारे जानकारी दिएको हो । सोताङ दम्पत्तिको लाइभ कार्यक्रम धरान १० स्थित सैनिक भवनमा आयोजना हुने संयोजक एवं गायिका हर्षु राईले जानकारी दिइन् ।
स्कुलको आयोजनामा सोताङ दम्पत्तिको तीन बर्षअघि पनि धरानमा गजल साँझ आयोजना भएको थियो । गायिका राई निर्देशक रहेको स्कुलले हरेक बर्ष सांगीतिक कार्यक्रम आयोजना गर्दै आइरहेको छ । गजल साँझमा सोताङ दम्पत्तिले माया नमार.., छिनछिनमै.. , उकाली चढौंला..., आदि बाटो हिडेपछि.., आज तिम्रो कुरा चल्यो..लगायतका दर्जनौं चर्चित गीतहरु गउनेछन् ।
गजल साँझको लागि काठमाण्डौंको दरबारमार्गस्थित मधुशालाको संगीतकर्मीको टिम धरान आउने आयोजकले जनाएको छ । गजल साँझकी संयोजक राईले पनि गीत प्रस्तुत गर्नेछन् । साथै, कार्यक्रममा गरिमा डान्स सेन्टर, मुन लाईट डान्स सेन्टर लगायतका स्थानीय कलाकारहरुको पनि नृत्यहरु रहने आयोजकले जनाएको छ ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे