डिपो कपमा नवोदय फाइनल प्रवेश

धरान । प्राथमिक तहको १० औं जिल्लास्तरीय ललित–अम्बर डिपो कप ०७० मा धरानको नवोदय विद्या मन्दिर फाइनल प्रवेश गरेको छ ।
डिपो उच्चमाविको खेल मैदानमा जारी प्रतियोगिताको मंगलबार सम्पन्न पहिलो सेमीफाइनलमा धरानकै होलिल्याण्ड इन्टरनेशनल स्कुललाई २–० को गोलअन्तरले हराउदै नवोदय उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक सेमीफाइनल खेलमा नवोदयका कविर श्रेष्ठ र सुरज खकुरेलले गोल गरेका थिए । नवोदयको लागि पहिलो गोल कविरले पहिाले हाफको ११ औं मिनेटमा पेनाल्टीमार्फत गरे । डिबक्समा होलिल्याण्डका खेलाडीको ह्याण्ड बल भएपछि पाएको पेनाल्टी अवसरमा उनले गोल गरेका थिए ।

यस्तै, दोस्रो गोल पहिलो हाफको २४ औं मिनेटमा सुरजले गरेका थिए । सो खेलको म्यान अफ दि म्याच होलिल्याण्डका बब्स लिम्बू घोषित भए । नवोदयले माघ १० गतेको फाइनलमा सैनिक आवासिय मावि र हिमशिखर बोर्डिङ स्कुलबीच हुने खेलको विजेतासँग भिड्नेछ । पराजित भएको होलिल्याण्डले भने तेस्रो स्थानको लागि खेल्नेछ ।
यसैगरि, दिलकुमार प्लेट च्याम्पियनसिप कपतर्पm आयोजक डिपो रातो टिम पनि फाइनल प्रवेश गरेको छ । मंगलबार सम्पन्न सेमीफाइलन खेलमा भिक्टोरी रेसिडेन्सियल स्कुललाई २–० गोलअन्तरले हराउदै आयोजक डिपो रातो प्लेट च्याम्पियनतर्फ फाइनल पुगेको हो । आयोजक डिपोको जितको लागि सिद्धार्थ राई र सुसिल राईले गोल गरेका थिए । सिद्धार्थले पहिलो हाफको ८ औं मिनेटमा र सुसिलले दोस्रो हाफको २५ औं मिनेटमा गोल गरेका थिए । डिपो रातोले माघ ९ गतेको फाइनलमा लिबर्टी रेसिडेन्सियल र लोटस विद्याविहारबीच हुने खेलको विजेतासँग भिड्नेछ ।
प्रतियोगितामा बुधबार ललित–अम्बर डिपो कपतर्फ सैनिक आवासिय मावि र तरहराको हिमशिखर इङ्लिस बोर्डिङ् स्कुलबीच दोस्रो तथा अन्तिम सेमीफाइनल खेल हुनेछ भने दिलकुमार प्लेट च्याम्पियनसिपतर्फ लिबर्टी रेसिडेन्सियल स्कुल र लोटस विद्या विहारबीच सेमीफाइनल खेल हुनेछ ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे