डिपो कपमा सैनिक सेमीफाइनल प्रवेश


धरान । प्राथमिक तहको १० औं जिल्लास्तरीय ललित–अम्बर डिपो कपमा सैनिक आवासिय मावि सेमीफाइलन प्रवेश गरेको छ ।
डिपो उच्चमाविको खेल मैदानमा जारी प्रतियोगिताको शनिबार सम्पन्न दोस्रो क्वार्टरफाइनलमा पूर्वक्षेत्रीय प्रहरी स्कुललाई ३–० गोलअन्तरले हराउदै सैनिक सेमीफाइनल पुगेको हो । सैनिकको जितको लागि अविनाश कार्की, सुसल कटवाल र सर्वोच्च राईले गोल गरेका थिए । खेलमा पहिलो हाफको २० औं मिनेटमा सैनिकको लागि अविनाशले पहिलो गोल गरेका थिए । बाँकी दुई गोल भने दोस्रो हाफमा भएको थियो । दोस्रो हाफको खेल शुरु भएको ३ मिनेटमा नै सुसलले दोस्रो गोल गरे भने लगत्तै ५ औं मिनेटमा सर्वोच्चले सैनिकको लागि तेस्रो गोल गरेका थिए । सो खेलको म्यान अफ दि म्याच प्रहरी स्कुलका अरनिश दाहाल घोषित भए ।


यसैगरि, शनिबार नै दिलकुमार प्लेट च्याम्पियनसितर्फ भएको खेलमा लिबर्टी रेसिडेन्सियल स्कुलले युनाइटेड गोर्खा एकेडेमीलाई ५–० को गोलअन्तरले पराजित गर्यो । लिबर्टीको जितमा उमिन लिम्बूले २ गोल गरेका थिए भने रितेश लिम्बू, प्रभात श्रेष्ठ र सोनम तामाङले एक÷एक गोल गरेका थिए । पहिलो हाफको १३ औं मिनेटमा रितेशले गोल गर्दै लिटर्बीको खाता खोलेका थिए । यस्तै, दोस्रो हाफको ६ मिनेटमा प्रभातले दोस्रो गोल गरे भने उमिनले १२ औं र १५ औं मिनेटमा दुई गोल गरे । सोनमले पाँचौ गोल दोस्रो हाफको २१ औं मिनेटमा गरेका थिए । सैनिकले एउटा पेनाल्टी अवसरमा गोल गर्नबाट चुकेको थियो । प्रतियोगितामा आइतबार ललित–अम्बर डिपो कपतर्फ एसओएस बालग्राम इटहरी र धरानको होलिल्याण्ड इन्टरनेशनल इङ्लिस बोर्डिङ स्कुल र सनराइज बोर्डिङ स्कुलबीच हुने आयोजकले जनाएको छ ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे