डिपो कपमा पहिलो चरणका खेल सकियो


धरान । प्राथमिक तहको १० औं जिल्लास्तरीय ललित–अम्बर डिपो कपअन्र्तगत पहिलो चरणका खेलहरु सकिएको छ । बिहिबार भएको पहिलो चरणको अन्तिम दुई खेलमा होलिल्याण्ड इन्टरनेशनल इङ्लिस बोर्डिङ स्कुल र तरहराको हिमशिखर इङ्लिस बोर्डिङ स्कुल विजयी भएको छ ।
बिहिबारको पहिलो खेलमा होलिल्याण्डले सृर्जना इङ्लिस बोर्डिङ स्कुललाई ३–० गोलअन्तरले पराजित गर्यो । होलिल्याण्डको जितको लागि आशिष राई, किसोर लिम्बू र सौगात तामाङले एक एक गोल गरेका थिए । आशिषले खेलको २८, किसोरले ३० र सौगातले ४५ औं मिनेटमा गोल गरेका थिए । सो खेलका म्यान अफ दि म्याच सृर्जनाका प्रशान्त मगर घोषित भए ।
यसैगरि, पहिलो चरणको अन्तिम खेलमा तरहरास्थित हिमशिखरले धरानको लोटस विद्या विहार स्कुललाई पनि ३–० गोलअन्तरले नै हरायो । हिमशिखरको जितको लागि यासुन राई, समीर राई र निकेश थापाले गोल गरेका थिए । यासुनले खेलको २० औं मिनेटमा पहिलो गोल गरे भने समीर र निकेशले क्रमशः ३१ र ४४ मिनेटमा गोल गरेका थिए । सो खेलको म्यान अफ दि म्याच लोटसका युकेश क्षेत्री घोषित भए ।
प्रतियोगितामा शुक्रबारदेखि दोस्रो चरण र दिलकुमार प्लेट च्याम्पियनसिप कपको पनि खेलहरु शुरु हुनेछ । प्रतियोगितामा पहिलो चरणमा पराजित भएका टिमहरुबीच पुनः प्लेट च्याम्पियनसिप कपको लागि खेलहरु हुने आयोजक डिपोट उच्चमाविले जनाएको छ ।












 तस्विर क्याप्सन:
हिमशिखरका खेलाडी(पहेलो जर्सी) र लोटस विद्या विहार(निलो जर्सी)का खेलाडीहरु भिड्दै ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे