डिपो कपमा नवोदय सेमीफाइनल प्रवेश















धरान,माघ ३ । प्राथमिक तहको १० औं जिल्लास्तरीय ललित–अम्बर डिपो कपमा नवोदय विद्या मन्दिर सेमीफाइलन प्रवेश गर्ने पहिलो टिम भएको छ ।
डिपो उच्चमाविको खेल मैदानमा जारी प्रतियोगिताको शुक्रबार पहिलो क्वार्टरफाइनल खेलमा आयोजक डिपो(पहेलो)लाई २–० गोलअन्तरले हराउदै नवोदय अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । नवोदयको जितमा महेश फुँयाल र सर्मपण राईले एक एक गोल गरेका थिए । महेशले खेलको पहिलो हाफको १५ औं मिनेटमा र सर्मपणले दोस्रो हाफको २० औं मिनेटमा गोल गरेका थिए । सो खेलको म्यान अफ दि म्याच डिपो(पहेलो)का सिद्धार्थ लामा घोषित भए ।


यस्तै, प्रतियोगितामा दिलकुमार प्लेट च्याम्पियनसिपतर्फ भएको खेलमा आयोजकको टिम डिपो(रातो)ले जित हात पार्यो । सो खेलमा डिपो(रातो)ले दिल्ली पब्लिक स्कुललाई टाइब्रेकरमा ३–२ गोलअन्तरले हराएको थियो । निर्धारित समयको खेलमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि खेल सिधै टाइब्रेकरबाट निर्णय लिइएको थियो । टाइब्रेकरमा डिपो(रातो)का मञ्जिल राई, सोमु रावत र सिद्धर्थ राईले गोल गरेका थिए भने प्रतिक चौधरी र रितेश लिम्बूको प्रहार गोल हुन सकेन ।
यस्तै, दिल्ली पब्लिकका नितेश शाह र अभिनव खड्काले मात्रै टाइब्रेकरमा गोल गर्न सके । दिल्लीका अमृत शाह, शहिल यादव र सौहार्द श्रेष्ठको प्रहार गोलमा परिणत हुन सकेन । प्रतियोगितामा पहिलो चरणमा पराजित भएका टिमहरुबीच पुनः प्लेट च्याम्पियनसिपको लागि खेलहरु हुने गर्छ । प्रतियोगितामा शनिबार ललित–अम्बर कपको लागि सैनिक आवासिय मावि र पूर्वक्षेत्रीय प्रहरी स्कुलबीच हुनेछ भने दिलबहादुर प्लेट च्याम्पियनसिपतर्फ भने युनाइटेड गोर्खा एकेडेमी र लिर्बटि रेसिडेन्सियल स्कुलबीच खेल हुने आयोजकले जनाएको छ ।

















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे