यु-२० बास्केटवल खेलाडीको विदाई

धरान । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्र्तगत राजधानीमा आयोजना हुन लागेको यु–२० नाई प्रथम राष्ट्रिय महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा सहभागी हुने सुनसरी जिल्लाको टिमलाई विदाई गरिएको छ ।
सुनसरी जिल्ला बास्केटवल संघ र नेशनल एकेडेमीले शनिबार एक कार्यक्रम आयोजना गरी खेलाडीहरुलाई विदाई गरेको हो । माघ १३ गतेदेखि शुरु हुने प्रतियोगितामा सुनसरी जिल्लाको प्रतिनिधित्व गर्दै धरान २ स्थित नेशनल एकेडेमीबाट महिला र पुरुष बास्केटवल टिम सहभागी हुदैछ । विदाई कार्यक्रममा खेलाडी तथा प्रशिक्षकलाई जर्सीसमेत प्रदान गरिएको थियो । प्रतियोगितामा भाग लिन एकेडेमीका १० जना महिला(छात्रा) र ८ जना पुरुष(छात्र) खेलाडीसहित एक जना प्रशिक्षक राजधानी जादैछन् ।

खेलाडी विदाई कार्यक्रममा शुभकामना दिदै नेशनल एकेडेमीका निर्देशक देव सुब्बाले शिक्षालाई खेलसँगै जोडेर अघि बढ्ने नीतिअनुरुप कलेजले आफ्नो हैसियत अनुसार लगानी गरिरहेको बताए । ‘एकेडेमीले स्रोतसाधानले भ्याएसम्म खेलकुदमा लगानी गरिरहनेछ, त्यसैअन्र्तगत बास्केटवल टिमलाई काठमाण्डौं पठाउदैछौं’–निर्देशक सुब्बाले भने–‘खेलकुदले विद्यार्थीलाई अनुशासन र मर्यादामा बस्न सिकाउछ, त्यसैले खेलकुदलाई शिक्षासँग जोडेर अघि बढ्न खोजेका हौं ।’ नेपाल बास्केटवल संघका कन्द्रीय सदस्य सुरज लामाले खेल जित्नकै लागि खेलिने भएपनि अनुशासनहिन भएर नखेल्न खेलाडीहरुलाई सुझाव दिए । जित्नको लागि टिमवर्क हुनुपर्नेमा उनले जोडदिए । जिल्ला बास्केटवल संघका अध्यक्ष सुधिर लिम्बूले नेशनल एकेडेमीको खेलप्रतिको लगानीले प्रतिभावान खेलाडीले अवसर पाएको भन्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा राखे ।
प्रशिक्षक विकास राईसहित प्रतियोगितामा भाग लिन डा.कृति मित्तलको कप्तानीमा आशा राई, प्रियदर्शिका राई, अनु राई, सकुन्तला राई, सृर्जना न्यौपाने, बुद्धिसरा सुनार, जानुका राई, सरिता अधिकारी र फुलामु शेर्पा रहेको १० सदस्यीय महिला टिम राजधानी जानेछन् । यसैगरि, नविन राईको कप्तानीमा पञ्च राई, उज्वल राई, विवेकमणी श्रेष्ठ, बिक्रम लिम्बू, विवेक नेपाल, चिरञ्जीवी गिरी र प्रदिप गुरुङ रहेको पुरुष टिम प्रतियोगितामा सहभागी हुदैछ । विभिन्न समस्या एवं आर्थिक आभावको बीचमा पनि नेशनल एकेडेमीले बास्केटवल खेलाडीलाई प्रतियोगितामा भाग लिन पठाउनु खेलकुदको लागि महत्वपुर्ण पक्ष भएको प्रशिक्षक राईले बताए ।







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे