घुम्न जाउँ धरान भन्दै सडक उत्सव हुने


धरान । ‘घुम्न जाउँ धरान’ भन्ने नारा दिदै यही फागुन तेस्रो साता धरानमा दशौं धरान सडक उत्सव ०७० आयोजना हुने भएको छ । होटल एशोसिएशन अफ धरानको आयोजनामा माघ २४, २५ र २६ गते सडक उत्सव हुने भएको हो । एशोसिएशनले उत्सव अवधिमा धरानका होटलमा खानाको परिकारमा १० प्रतिशत र लजमा १५ प्रतिशत छुट दिने पनि घोषणा गरेको छ ।
दुई बर्ष आयोजना हुन नसकेको सडक उत्सवमा धेरै भन्दा धेरै आन्तरिक एवं बाह्य पर्यटकहरुलाई धरान भित्र्याउन विभिन्न जिल्लामा प्रर्वद्धनात्मक टुरमा जानेसमेत एशोसिएशनले जनाएको छ । ‘सडक उत्सवको मुख्य लक्ष्य नै धरानलाई चिनाउने, पर्यटकहरुलाई भित्र्याएर व्यापारीक कारोबार बढाउने हो’–एशोसिएशनका निवर्तमान अध्यक्ष महेन्द्र प्रधानले भने–‘यसको विभिन्न जिल्ला र शहरमा प्रर्वद्धनात्मक टुरमा जान्छौं, पाहुनाहरुको लागि होटल र लजमा छुटको पनि व्यवस्था गरेका छौं ।’
उत्सवमा धरानबाहिरबाट पर्यटकहरुलाई भित्र्याउनको लागि इलाम, झापाको विर्तामोड, दमक, विराटनगर, लाहान, गाइघाटलगायत जिल्ला एवं शहरमा प्रर्वद्धनात्मक भ्रमण तथा पत्रकार सम्मेलन गर्ने एशोसिएशनले जनाएको छ । घुम्न जाउँ धरान भन्ने नारा दिएर पोखरा र काठमाण्डौंका होटल व्यावसायीसँग पनि समन्वय र छलफल गरेर पर्यटकहरुलाई धरान आउने वातावरण तयार पार्ने निवर्तमान अध्यक्ष प्रधानले बताए । तीन दिने उत्सव सफल बनाउन वरिष्ठ उपाध्यक्ष सरोज भटराईको संयोजकत्वमा २२ सदस्यीय मुल आयोजक कमिटि गठन गरिएको र विभिन्न उपसमितिहरु गठन गरी तयारी शुरु गरिसकेको एशोसिएशनका अध्यक्ष सुवर्ण श्रेष्ठले जानकारी दिए । उत्सवमा खानाका स्टलहरुका साथै विभिन्न जातीय सँस्कृति तथा स्थानीय उत्पादनहरु प्रर्वद्धन हुने स्टलहरु पनि रहने उनले बताए ।


धरान ९, पुतलीलाइनमा हुने उत्सवस्थलमा एक सय १० वटा व्यापारीक स्टलहरु रहनेछन् । ती मध्ये १० वटा आदिबासी जनजाति महासंघलाई निःशुलक दिइने र त्यहाँ विभिन्न जनजातिहरुको सँस्कृतिक एवं खानाका परिकारहरु प्रमुख आर्कषण रहने आयोजकले जनाएको छ । ती स्टलहरुमा जातीय संघसंस्थाहरुले आफ्नो सँस्कृतिक नाच प्रर्दशन गर्नसक्ने व्यवस्था पनि मिलाइने भूपू अध्यक्ष प्रधानले बताए । विभिन्न अटोमोवाइलका डिलरहरुले पनि स्टल राख्न चासो दिएको जनाउदै उनले गाडीको पनि स्टल भए ५ करोड बढीको कारोबार हुनसक्ने तथा गाडीको स्टल नराखे डेढ करोडको कारोबार हुने लक्ष्य राखिएको उनले बताए ।
तीन दिनअवधिमा वेटर दौड प्रतियोगिता, मःम खाने प्रतियोगिता, नेपाली वाइन पिउने प्रतियोगिता, केक खाने प्रतियोगिता, दुध पिउने प्रतियोगिता, डोरी तान प्रतियोगिता, कोरियन खाना खाने, जातीय खाना खाने प्रतियोगितालगायत विभिन्न मनोरञ्जनात्म्क एवं पर्यटन प्रर्वद्धन हुने कार्यक्रमहरु पनि आयोजना गरिने मुल संयोजक सरोज भटराईले बताए ।



Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे