निर्दयी आमाबुबा: छोरीलाई बषौंदेखि थुनेर अमानवीय यातना(फोटोफिचर)


धरान । आफैले जन्माएकी छोरीलाई अमानवीयरुपमा खान, लाउन नदिई बषौंसम्म राख्न सक्छन् भनेर पत्याउन मुश्किल पर्छ । त्यो पनि स्वास्थ्य क्षेत्रका शिक्षित कर्मचारीको परिवारमा । तर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यस्तै पत्याउन मुश्किल पर्ने एक घटना सार्वजनिक भएको छ ।
प्रतिष्ठानमा फिजियोथेरापीका एक प्राविधिक कर्मचारीले बषौंदेखि आफ्नी छोरीलाई क्वार्टरमा अमावनीयरुपमा यातना दिदै राखेको भेटिएको छ । प्राविधिक अजय ठाकुर र उनकी श्रीमति किरणले २६ बर्षीय छोरी अम्बिकालाई बषौंदेखि यातना दिएर राखेका हुन् । ठुली भएकी छोरीलाई बिवाहमा दाइजो दिनुपर्छ भनेर त्यसरी घरमा थुनेर यातना दिदै राखेको छिमेकीहरुले आशंका गरेका छन् । प्रतिष्ठानमा कार्यरत अन्य कर्मचारीहरुले सोमबार मात्रै थाह पाएर खबर गरेपछि प्रहरीले अम्बिकाको उद्दार गरेको छ भने बुबा अजयलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । उद्दार गरिएकी अम्बिकाको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार शुरु भइसकेको छ ।
उद्दारमा पुगेपछि छोरीलाई सम्हाल्न खोज्दै आमा किरण ठाकुर ।
प्रतिष्ठानको सिभिल लाइनअन्र्तगत क्वार्टरमा बस्दै आएका ठाकुर दम्पत्तिको छोरी छ भनेर बषौंदेखिका छिमेकीलाईसमेत थाह दिएका थिएनन् । सोमबार प्रहरी, प्रतिष्ठानका कर्मचारीहरु जर्बजस्ती ठाकुरको क्र्वाटरमा छिर्दा अम्बिकाको हालत ज्यादै दयनीय थियो । कपडा बिना नै ओछ्यानमा रहेकी अम्बिका जोडोले कामिरहेको अवस्थामा भेटिएको भरत यादवले बताए । ‘हामी भित्र पस्दा छोरीको शरीरमा कपडा पनि थिएन, मैले नै सिरकले छोपी दिएको हुँ’–उद्दार गर्न पुगेका यादवले भने–‘आफैले जन्माएको छोरीलाई यसरी पनि राख्न सक्ने रहेछन् ।’ उद्दार गरेर एम्बुलेन्ससम्म हिडाउन खोज्दा अम्बिका खुट्टाले टेक्न सक्ने अवस्थामा थिइनन् । उनलाई प्रतिष्ठानको सुरक्षा गार्डले बोकेर एम्बुलेन्ससम्म पुर्याएका थिए ।
लालपट्टी २, महोत्तरी स्थायी ठेगाना भएका ठाकुर दम्पत्तिको क्वार्टरमा बेला बेला कराएको, रुएको आवाज सुनेपछि छिमेकीहरुले केही महिनादेखि नै चासो दिइरहेका थिए । क्र्वाटरको कोठामा कसैलाई कुटेको, यातना दिएजस्तै लागेपनि उनीहरुले सोध्ने हिम्मत भने गरेका थिएनन् । विगत १० बर्षदेखि प्रतिष्ठानमा बस्दै आएका र अजयसँग राम्रो चिनजान भएका कमल श्रेष्ठ उनको छोरी छ भन्ने थाहै नभएको बताउछन् । ‘यत्रो बर्ष भो यहाँ बसेको, उहाँहरुको छोरी छ भन्ने थिएन, अलिअलि गाइगुई सुने पनि सोधेको थिइन’–उनले भने । ठाकुर दम्पत्तिका छोरा भने जनकपुरमा एमबिबिएस पढ्दैछन् । खुट्टामा चोट लागेका उनी पनि सोमबार क्वार्टरमा नै भेटिएका थिए ।


छिमेकमा रहेको दिदीकोमा खाना खान पुगेका नन्दकुमार राईले सोमबार बिहानैदेखि ठाकुरको क्वार्टरमा कुटपिट भइरहेको आभास पाएर बुझ्न पुगेका थिए । त्यतिबेला ठाकुुर दम्पत्तिले छोरीलाई बाथरुपमा पाइपबाट पानीले भिजाइरहेका थिए । तर, दुवैले छोरीलाई नुहाईरहेको र घरको समस्या आफै मिलाउने भन्दै फकाईदिएका थिए । उनै राईले अन्य छिमेकी र प्रहरीमा खबर गरेपछि मात्रै सोमबार घटना सार्वजनिक भएको थियो । ‘छोरीलाई खान नदिई राखेको रहेछ, शरीरभरि कुटपिट गरेको दागहरु पनि थियो’–उद्दारको पहलकर्ता राईले भने ।
अम्बिकाका बुबा अजयले भने छोरी सानै उमेरदेखि रिसाउने, झर्कने स्वभाव भएको र खाना पनि आफैले नै नखाने गरेको बताए । छोरीको कुनै मानसिक समस्या नभएको र वानी नै त्यस्तो भएकोले उपचारमा नलगेको उनको भनाई छ । ‘उसको बानी नै त्यस्तै थियो, त्यसैले उपचार गर्न कतै लगेनौं’–ठाकुरले भने । खाना नदिई राखेको, यातना दिएको भन्ने आरोप सत्य नभएको उनले दाबी गरे । उनका अनुसार छोरीले एसएलसी पास गरेकी छन् । एमबिबिएस पढ्दै गरेका अम्बिकाका भाई आलोकले पनि दिदीको बानी नै नराम्रो भएको, खाना आफै नखाएको तर आमा, बुबाले पनि गल्ती गरेको बताए । प्रतिष्ठानका आकस्मिक कक्षका इञ्चार्ज डा.ज्ञानेन्द्र मल्लले अम्बिकाको प्रारम्भिक उपचारको क्रममा ब्लड सुगर उच्च देखिएको बताए । उपचार शुरु भएको र स्वास्थ्यमा सुधार आएपछि थप जानकारी आउनसक्ने उनले बताए । इलाका प्रहरी कार्यालयका डिएसपी सञ्जयसिंह थापाले ठाकुरसँग वयान लिदा छोरी प्रि–मेच्युर अवस्थामा जन्मिएकीले रोगी भएको बयान दिएको जानकारी दिए । ‘छरछिमेक र छोरीको वयान लिएपछि मात्रै के भएको हो भनेर भन्न सक्छौं’–डिएसपी थापाले भने ।
उपचारमा लैजान कोठाबाट बाहिर निकाल्दा अम्बिका हिड्न पनि सकिनन् ।
उपचारमा लैजान कोठाबाट बाहिर निकाल्दा अम्बिका हिड्न पनि सकिनन् ।
अजय ठाकुरलाई नियन्त्रणमा लिएर जादै प्रहरी ।


हिडेर एम्बुलेन्ससम्म जान नसकेपछि अम्बिकालाई बोकेर लैजादै सुरक्षा गार्ड ।
हिडेर एम्बुलेन्ससम्म जान नसकेपछि अम्बिकालाई बोकेर लैजादै सुरक्षा गार्ड ।


अम्बिकाकी आमालाई नियन्त्रणमा लिदै प्रहरी ।

Comments

  1. This is truly inhuman act.i feel sorry for the girl

    ReplyDelete
  2. 3 wota murder government le 6ut garyo vane i will killed father mother and Dr, Brother... Kasamm hola.....

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete

Post a Comment

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे