दृष्टिविहिन विद्यार्थीलाई खाना खुवाउदै नायिका अरुणिमा



धरान । नेपाली चलचित्र उद्योगकी नायिक अरुणिमा लम्साल प्रत्येक बर्ष जाडो याममा पुख्यौली थलो विराटनगर आउछिन् । तर, उनको मन त्यहाँ मात्रै थामिदैन ।
उनी परिवारसहित दृष्टिविहिन विद्यार्थीहरु अध्ययनरत धरान १५ स्थित पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा पुगेकै हुन्छिन् । त्यहाँका विद्यार्थीहरुलाई उनी मिठो खाना खुवाउछिन्, रमाइलो कुराकानी गर्छिन्  । यो विद्यालयसँग उनको साइनो गाँसिन पुगेको ६ बर्ष भइसकेको छ । उनी जोडो याममा पुख्यौली थलो आउदा होस् वा कुनै काम बिषेशले होस्, विराटनगर आउदा यो विद्यालय पुगिहाल्छिन् । त्यहाँ अध्ययनरत विद्यार्थीहरुलाई उनी भाईबाहिनी भनेर सम्बोधन गर्छिन् ।
बिवाह बन्धनमा बाँधिएपछि करिब दुई बर्षयता अभिनयबाट टाढिएका उनै नायिका लम्साल शुक्रबार आफ्ना अभिभावकहरुको साथमा सोही विद्यालयमा पुगिन् । उनले आफ्ना भाईबहिनीहरुलाई खानासँगै विभिन्न मिठो खानेकुराहरु दिइन् । आफु नेपाल बसुञ्जेल ज्ञानचक्षुका विद्यार्थी(भाईबहिनी)हरुलाई हेर्न आइरहने उनले बताइन् । ‘विराटनगर आउदा चित्त बुझ्दैन, यहाँ आइहाल्छु’–नायिका लम्सालले भनिन्–‘उहाँहरुजस्तो फरक क्षमता भएका भाईबहिनीहरुलाई तपाई,हामी सबैको माया, साथ र हौसलाको खाँचो छ ।’
नायिका लम्साल आफ्नी २ बर्षीय छोरी, आमा तथा चरित्र अभिनेत्री राधा लम्साल, बुबा विनयकुमार शर्मा र दाई विनायककुमारसँग शुक्रबार विद्यालय आएकी थिइन् । श्रीमान् अमेरिकामा भएकोले आफु भविष्यमा त्यता जानै पर्ने भन्दै उनले जहाँ पुगेपछि ज्ञानचक्षुका विद्यार्थीहरुलाई सहयोग गरिरहने बताइन् । उनी ६ बर्षअघि धरानमा रहेकी आफन्तको घरमा आउदा दृष्टिविहिन विद्यार्थीहरु पढ्ने सो विद्यालयबारेमा थाह पाएकी थिइन् । त्यस यता उनी नियमितरुपमा यो विद्यालयलाई सहयोग गर्दै आइरहेकी छिन् । सो विद्यालयले गत बर्ष नायिका लम्साललाई सम्मानसमेत गरिसकेको छ । करिब ५२ वटा फिल्ममा अभिनय गरिसकेकी नायिका लम्सालको पछिल्लो पटक उर्बसी र पिपल फिल्म बनेको छ भने जनैको साँचोको सुटिंग भइरहेको छ ।
सेलिब्रेटीहरु आउदा विद्यार्थीहरुलाई हौसला मिल्ने र सहयोग जुट्ने विद्यालयकी प्रअ केशरी थापाले बताइन् । ‘उहाँहरुजस्तै व्यक्तिहरु आइदिनुहुदा विद्यार्थीहरुलाई हौसला मिल्छ, अरुलाई पनि यहाँ आउन र सहयोग गर्न प्रोत्साहन हुन्छ’–उनले भनिन् । सो विद्यालयमा हाल सय जना विभिन्न जिल्लाका दृष्टिविहिन विद्यार्थीहरु आवास सुविधासहित अध्ययनरत छन् । ती मध्ये २२ जना विद्यार्थीहरु कक्षा ११ र कक्षा १२ मा पढ्छन् । उनीहरु धरान ८ स्थित ल्याबोरेटरी उच्चमाविमा पढ्न जाने गरेका छन् ।



 







Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे