डिपो प्लेट च्याम्पियन, मैत्रीपुर्ण खेलमा पत्रकार टोलीको जित


धरान । प्राथमिक तहको १० औं जिल्लास्तरीय ललित–अम्बर डिपो कप ०७० अन्र्तगतको प्लेट च्याम्पियनतर्फ आयोजक डिपो रातोले उपाधि जितेको छ ।
डिपो उच्चमाविको खेल मैदानमा जारी प्रतियोगितामा बिहिबार सम्पन्न प्लेट च्याम्पियनसिपको फाइनल खेलमा लिबर्टी रेसिडेन्सियल स्कुललाई २–१ ले हराउदै आयोजक डिपो रातोको टिम प्लेट च्याम्पियन बनेको हो । डिपो रातोको जितको लागि सुसिल राई र मञ्जिल राईले गोल गरेका थिए । लिबर्टीका रिकेश लिम्बुले गरेको गोल सान्त्वना मात्रै भयो ।
खेलमा पहिलो हाफको ४ मिनेटमा नै रिकेशले गोल गर्दै लिबर्टीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको १२ औं मिनेटमा डिपोका सुसिल र १५ औं मिनेटमा मञ्जिलले गोल गर्दै लिबर्टीलाई निराश बनायो । दोस्रो हाफको खेलमा भने दुवै टिमले थप गोल गर्न सकेन । खेलको म्यान अफ दि म्याच लिटर्बीका गोलकर्ता रिकेश लिम्बू घोषित भए ।
फाइनल खेल बिहिबार सम्पन्न भएपनि ट्रफी एवं पुरस्कार भने शुक्रबार हुने समापन समारोहमा मात्रै वितरण हुनेछ । डिपो कपमा पहिलो चरणमा पहिलो खेल हार्ने टिमहरुबीच पुनः प्लेट च्याम्पियनसिपको लागि खेल खेलाइन्छ । प्लेट च्याम्पियनसिपको विजेता आयोजक डिपो रातोले नगद ३ हजारसहित ट्रफी हात पार्नेछ भने उपविजेता लिटर्बीले नगद २ हजारसहित उपविजेता ट्रफी हात पार्नेछ ।  शुक्रबार ललित अम्बर डिपो कपमा उपाधिको लागि तरहराको हिमशिखर बोर्डिङ स्कुल र धरानको होलिल्याण्ड इन्टरनेशनलबीच फाइनल भिडन्त हुर्दैछ ।

                        मैत्रीपुर्ण खेलमा पत्रकार टोली विजयी


ललित अम्बर डिपो कपअन्र्तगत बिहिबार भएको मैत्रीपुर्ण खेलमा नेपाल पत्रकार महसंघको टोली विजयी भएको छ । महासंघको टोलीले प्रतियोगितामा सहभागी विद्यालयका शिक्षकहरुको टिमलाई १–० गोलअन्तरले हरायो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेन । तर, दोस्रो हाफको इञ्जुरी समयमा पत्रकारको टोलीका धिरेन लिम्बूले निर्णायक गोल गरेका थिए । मैत्रीपुर्ण खेलमा सहभागी भएर विद्यार्थी खेलाडीहरुलाई हौसला दिएको भन्दै आयोजक विद्यालयका प्रिन्सिपल राजकुमार राईले पत्रकार महासंघलाई मायाको चिनोसमेत प्रदान गरेका थिए ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे