पूर्वाञ्चल प्रतिक २ को फाइनल हुदै

धरान । बालबालिकामा रहेको गायन प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित पूर्वाञ्चल प्रतिक–२ को फाइनल स्पर्धा यही पुष २७ गते हुने भएको छ ।
धरान ८ स्थित सभागृहमा हुने फाइनल स्पर्धामा विभिन्न जिल्लाका ७ प्रतियोगीहरु सहभागी हुनेछन् । बालखोज पाक्षिक पत्रिकाले आयोजना गरेको प्रतियोगिताको फाइनलमा विभिन्न चरण परेका ७ प्रतियोगीहरु छन् । १८ बर्ष मुनिका बालबालिकाहरुमा लुकेर रहेको गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले यो प्रतियोगिता असार १ गतेदेखि विभिन्न चरणमा भइरहेको छ । फाइनलमा सुनसरी धरानकी नियती पराजुली, झापाका युएन तामांग, खोटांगकी मनमावी राई, संखुवासभाका परेश राई र सरोज लिंथेप, भोजपुरका निसन राई र शिवा राई पुगेका छन् ।
फाइनल स्पर्धामा निर्णायकहरु संगीतकार विनोद प्रियदर्शी राई, सञ्चारकर्मी हिन्दुहांग राई र गायक तथा संगीतकार राईमन राई रहने आयोजकले जनाएको छ । फाइनलमा प्रतियोगिहरुले आफ्नै रोजाईको २ वटा गीत गाउनेछन् । प्रतियोगीहरुले ५० प्रतिशत भोटिंग र ५० प्रतिशत निर्णायकको मतको आधारमा विजेता घोषणा गरिने कार्यक्रम संयोजक तथा बालखोज पत्रिकाका कार्यकारी सम्पादक गणेश बि.क.ले जानकारी दिए ।
प्रतियोगिताको विजेताले उपाधि ट्रफीसहित नगद २५ हजार हात पार्नेछ भने एउटा गीतको म्युजिक भिडियोसहित ३ वटा गीत रेकर्ड गर्ने अवसर पाउनेछन् । यस्तै, दोस्रो हुनेले ट्रफीसहित नगद १५ हजार र २ वटा गीत रेकर्ड गर्ने अवसर पाउनेछ । तेस्रो हुने प्रतियोगिले ट्रफीसहित नगद १० हजार र एउटा गीत रेकर्ड गर्ने अवसर प्राप्त गर्नेछन् । विजेता तीन जना प्रतियोगीहरुको रेकर्ड भएको गीतहरुको संयुक्तरुपमा एल्वम निकाल्ने आयोजकले जनाएको छ ।

          माघदेखि पूर्वाञ्चल स्टार २ को अडिशन शुरु

धरान । युवा गायन प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले माघ पहिलो सातादेखि पूर्वाञ्चल स्टार –२ को अडिशन शुरु हुने भएको छ ।
युवा प्रतिभा गायन, खोजी हाम्रो अभियान नारा दिएर शुरु हुने गायन प्रतियोगिताको अडिशन माघ ३ गते संखुवासभा जिल्लाबाट शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अडिशन माघ ३ बाट शुरु भएर माघ २४ गतेसम्म जारी रहने धरानस्थित पूर्वाञ्चल वगिना कलाकेन्द्रले जनाएको छ । केन्द्रका सञ्चालक एवं कार्यक्रम संयोजक भक्तिराज राईका अनुसार संखुवासभापछि धनकुटा, भोजपुर, पाँचथर, इलाम, झापा, मोरंग, उदयपुर, सप्तरी र तेह्रथुम जिल्लामा पनि पहिलो चरण्को अडिशन हुनेछ ।
पहिलो चरणको अडिशनबाट ३ सय भन्दा बढी गायन प्रतिभाहरुलाई दोस्रो चरणको लागि छनौट गरिने संयोजक राईले बताए । दोस्रो चरणमा हुने पियानो राउण्डबाट सय जना प्रतियोगि छानिने र त्यसपछि हुने ट््रयाक म्युजिक राउण्डबाट ५० जना प्रतियोगि छनौट गरिने उनले बताए । ‘टप ५० बाट ३० जना, २० हुदौ फाइनलको लागि टप १० प्रतियोगिहरु छानिनेछ’–संयोजक राईले भने ।
प्रतियोगिताका विजेताहरुलाई के कति नगद पुरस्कार दिने भन्ने अहिल्यै तय नभएको आयोजकले जनाएको छ । तथापी, विजेताले पूर्वाञ्चल आइडल–२ को उपाधि ट्रफीसँगै म्युजिक भिडियो र एक बर्ष निःशुल्क संगीत सिक्ने अवसर पाउनेछन् भने २ वटा गीतको रेकर्ड पनि गराउन पाउनेछन् । यस्तै, दोस्रो हुनेले एउटा गीत रेकर्ड र ६ महिना निःशुल्क संगीत सिक्ने अवसर पाउनेछन् भने तेस्रो हुने प्रतियोगीले एउटा गीत रेकर्ड र ३ महिना निशुल्क संगीत प्रशिक्षण पाउनेछन् ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे