जिल्लाव्यापी माविस्तरीय फुटबल शुरु

धरान । नेपाल विद्यालय फुटबल संघको आयोजनामा प्रथम जिल्लाव्यापी माविस्तरीय फुटबल प्रतियोगिता बुधबारदेखि धरानमा शुरु भएको छ । धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको खैल मैदानमा भएको प्रतियोगिताको उद्घाटन खेलमा बुधबार तरहराको हिमशिखर बोडिङ स्कुल र प्रकाशपुरको राजावास बोर्डिङ स्कुलले विजयी शुरुवात गरेको छ ।
पहिलो उद्घाटन खेलमा तरहराको हिमशिखरले धरानको माउण्ट हर्मन एमेडेमीलाई ४–१ गोलअन्तरले हरायो । हिमशिखरको जितमा रोशन राईले ह्याट्रिक गरेका थिए । सो खेलको म्यान अफ दि म्याच पनि उनी नै भए । यसैगरि, दोस्रो खेलमा प्रकाशपुरको राजाबास बोर्डिङ स्कुलले धरानको ज्ञानोदय बोर्डिङ स्कुललाई १–० गोलअन्तरले हरायो । खेलको एक मात्र निर्णायक गोल राजाबासका तीर्थनारायण चौधरीले गरेका थिए । सो खेलको म्यान अफ दि पनि तीर्थनारायण भए ।
प्रतियोगिताको उद्घाटन उद्घाटन प्याब्सनका केन्द्रीय सदस्य शंकर थापाले गरेका थिए । माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १३ वटा विद्यालयहरुले सहभागिता जनाएको संघले जानकारी दिएको छ । जसमा धरानबाट ७, तरहरा १, इटहरी ३, दुहवी १ र प्रकाशपुरबाट एक विद्यालय छन् । विद्यालयस्तरका प्रतिभावान खेलाडीको पहिचान गर्न र फुटबल खेलको विकासको लागि प्रतियोगिता आयोजना गरिएको संघका जिल्ला सदस्य सुमन जवेगूले बताए । संघमा सुनसरीका ६५ वटा निजी तथा सामुदायिक विद्यालयहरु आवद्ध छन् ।
प्रतियोगिता विजेताले नगद १० हजारसहित ट्रफी पाउने छ भने दोस्रो हुनेले नगद ७ हजार र तेस्रोले नगद ४ हजारसहित ट्रफी हात पार्ने संघका अध्यक्ष सुदेश सुब्बाले बताए । यसैगरि, सर्वोकृष्ट खेलाडी र सार्वाधिक गोलकर्ताले जनही नगद दुई हजार पाउनेछन् भने सेमिफाइनल खेलबाट म्यान अफ दि म्याच हुने खेलाडीलाई मेहर कलेक्सनबाट टि सर्ट उपलब्ध गराइने संघका सदस्य नविन राईले जानकारी दिए ।

Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे