डेढ दशकमा फेरिएको हरियाली वन इको-टुरिजमको नुमना


धरान । डेढ दशकअघिको जंगल सम्झदा धरान १९ का भारतीय सेनाका अवकाशप्राप्त सुवेदार मेघनाथ राईको मन कुडिन्छ । त्यसबेला जंगलको नाममा सखुवाका साना विरुवा(लाथ्रा)हरु मात्रै थिए । घोपा क्याम्प जाने पुरानो बाटो मास्तिरको वस्तीबाट हेर्दा तराईका फाँट छर्लङ्गै देखिन्थ्यो ।
हरियाली वन उपभोक्ता समुहको तेस्रो पटक अध्यक्ष बनेका उनै वृद्ध मेघनाथको मन अहिले खुशीले फुरुङ्ग हुन्छ । उपभोक्ता समुह गठन भएपछि उपभोक्ताको सामुहिक प्रयासमा ती साना विरुवाको जोगियो । डेढ दशकमा हलक्कै बढेका ती विरुवा घना जंगलमा परिणात भइसकेको छ । जंगल झ्यागिएपछि वन्यजन्तु पनि बढ्ने नै भए । त्यतिमात्रै कहाँ हो र ? यो वन समुह (इको टुरिज्म)पर्या–पर्यटनको लागि नमुनाकोरुपमा विकास भएको छ । अहिले टाढा टाढाका जिल्लाबाट इको–टुरिज्मको नमुना हेर्न मानिसहरु यो वनमा आउने गर्छन् । विभिन्न स्कुलका विद्यार्थीहरु वन्यजन्तु र विभिन्न प्रजातिको वनस्पति अवलोकन गर्न पुग्छन् । पिकनिक खान आउने समुहको घुँइचो पनि थामिनसक्नु छ ।
‘भन्नै पर्दा गफ गरेजस्तो हुन्छ, तर त्यतिबेला जंगल त छर्लङ्गै देखिन्थ्यो । ठुला रुखहरु सकिनै सकेको थियो, मसिना लाथ्राहरु मात्रै थिए’–सफलताको कथा सुनाउदा गर्विलो अनुहार बनाउदै मेघनाथले भने–‘धेरै समस्या भोग्यौं, तर सबैमा जंगल हाम्रै हो, जोगाउनुपर्छ भन्ने भावना जगाउन सक्यौं । सबै जुटेपछि तस्करहरु पनि हच्किए ।’
०५९ सालमा विधिवत दर्ता भएको हरियाली वन समुहका उपभोक्ताहरु ०६१ सालसम्म जंगल जोगाउनै केन्द्रीत थिए । तर, ०६२ सालपछि भने पर्यटकीय आर्कषणकोरुपमा विकास गर्ने सोच अघि बढाए । त्यही सोचले मुर्तरुप लिदा अहिले यो वन समुहको मुख्य आम्दानीको स्रोत नै इको–टुरिज्म भएको छ । ‘पर्यटनबाट नै समुहले बार्षिक ७ लाखको हाराहारीमा आम्दानी गरिरहेको छ, समुहको मुख्य आयस्रोत नै यही हो’–पूर्वअध्यक्ष टेकबहादुर तामाङले भने–‘जैविक विविधता, वन्यजन्तु संरक्षण, वनभोजस्थल, चिल्ड्रेनलगायतले यो वन इको टुरिज्मको नमुना वनेको छ ।’


हरियाली वन समुहको कुल क्षेत्रफल ८८६.७२ हेक्टर फैलिएको छ । त्यसमध्ये १९७.३८ हेक्टर मात्रै समुहमा हस्तान्तरण भएको छ । समुहले तालिम हल र क्याट्रिनसहितको ६० जना क्षमताको आवास गृह सञ्चालनमा ल्याएपछि यहाँ विभिन्न संघसंस्था एवं एनजिओहरु कार्यक्रम लिएर पुग्छन् । यस्तै, बास्केटवल कोर्ट, चिल्ड्रेन पार्क, पिकनिक स्पट, मिनि जु, जैविक विविधताको ब्लकमा बालबालिका, स्कुलका विद्यार्थीहरु र टाढा टाढाबाट घुम्न, पिकनिक खान आउनेहरुको घुइचो लाग्छ । समुहका अनुसार पुष महिनायता मात्रै विदाको दिनमा ४६ भन्दा बढी समुह घुम्न र पिकनिक खान आइरहेको छ । समुहले वृद्धवृद्धालाई समय कटाउन सजिलोको लागि छुट्टै व्यवस्था गर्न लागेको छ भने पर्यटनको थप आर्कषण बढाउन गार्डेन पनि थप्ने योजना अघि सारेको पूर्वअध्यक्ष तामाङले बताए ।
समुहले पर्यटन आर्कषण बढाउन संरक्षण गरेर राखिएका वन्युजन्तलाई व्यवस्थितरुपमा मिनि जु(चिडियाघर) सञ्चालन गर्न लागिपरेको छ । वन्यजन्तु संरक्षण गरेको भन्दै यो समुहलाई वन विभागले प्रसंसा पत्र पनि दिएको थियो । अहिले यहाँ १४ वटा चित्तल, लोपोन्मुख स्याल, दुम्सी, ठुलो मुसा, हुचिल, चील, कछुवा, धनेशलगयात वन्यजन्तु राखिएका छन् । ‘हामीसँग भएका वन्यजन्तुलाई मिनि जु बनाएर राख्दैछौं, अरु कसैले ल्याएर दिन्छन् भने पनि राख्छौ’–समुहका उपाध्यक्ष सेतुमान तामाङले भने–‘किताबमा पढेका र तस्वीर मात्रै देखेका विद्यार्थीहरु यहाँ बढो चाख मानेर यी जीवजन्तु हेर्छन्, यसले उनीहरुको ज्ञानको दायरा अझ बढाउछ ।’























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे