डिपोटको ५१ औं बार्षिकोत्सवमा उत्कृष्ट विद्यार्थी पुरस्कृत


धरान । डिपोट उच्चमाविले बार्षिकोत्सवको अवसर विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ । धरान १८ स्थित सो विद्यालयले मंगलबार आफ्नो ५१ औं बार्षिकोत्सवको क्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार दिएको हो ।
        विद्यालय परिसरमा आयोजित समारोहमा नर्सरी कक्षादेखि १२ कक्षामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कार दिइएको हो । राम्रा विद्यार्थीहरुलाई थप प्रोत्साहन दिलाउन बर्षेनी पुरस्कार वितरण गर्ने गरेको विद्यालयले जनाएको छ । बार्षिकोत्सवमा अभिभावकहरुको पनि सहभागीता थियो । विद्यालयका प्रिन्सिपल राजकुमार राईका अनुसार फाइनल परीक्षामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमशः सत प्रतिशत, पचास प्रतिशत र पच्चिस प्रतिशत छात्रवृत्ति उपलब्ध गराइएको छ । ‘यो विद्यालय गैरनाफामुखी विद्यालय हो, त्यसैले जे जति गछौं, समाजको लागि नै हो’–प्रिन्सिपल राईले भने । उनका अनुसार यो विद्यालय ५१ बर्षअघि ब्रिटिश घोपा क्याम्प रहदा अवकाशप्राप्त बेलायती सेना र सिंगापुर पुलिसका छोराछोरीलाई सहुलियतमा पढाउन स्थापना भएको थियो । अहिले यो विद्यालय सार्वजनिक गुठी संस्थानअन्र्तगत सञ्चालित छ ।
अभिभावकहरु पनि सहभागी बार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रतिभा पनि प्रस्तुत गरेका थिए । यस्तै, विद्यार्थीहरुले आफ्नो अभिभावकहरुको लागि साइन्स ल्याब, कम्प्युटर र चित्रकला प्रर्दशनी पनि गरेका थिए । विद्यालय व्यावस्थापन समितिका उपाध्यक्ष पूर्वगोर्खा क्याप्टेन नन्दबहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.बिक्रम श्रेष्ठ प्रमुख अतिथि थिए ।











 




Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे