१० औं ललित-अम्बर डिपो कप शुरु, नवोदयको विजयी शुरुवात


धरान । १० औं जिल्लास्तरीय ललित–अम्बर डिपो कप फुटबल प्रतियोगिता ०७० सोमबारदेखि धरानमा शुरु भएको छ । डिपो उच्चमाविको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नवोदय विद्या मन्दिरले टाइब्रेकरमा आयोजक डिपो(रातो)टिमलाई ७–६ गोलअन्तरले हरायो । निर्धारित ५० मिनेट र अतिरिक्त १० मिनेटको खेल दुवै टिम गोलरहित बराबारीमा टुंग्याएपछि टाइब्रेकर भएको थियो ।
टाइब्रेकरमा नवोदयका खेलाडीहरु महेश फुँयाल, कबिर श्रेष्ठ, सुरज खकुरेल, अमन शाह, युवराज राई, विजय लिम्बू र सञ्जय लिम्बूले गोल गरेका थिए भने वसन्त राई र समर्पण राई गोल गर्न सकेनन् । यस्तै, डिपो(रातो)को तर्फबाट भने मञ्जिल राई, सोमु रावत, प्रतिक चौधरी, रितेश लिम्बू, सिद्धार्थ राई र दिवस श्रेष्ठले मात्रै गोल गर्न सफल भए भने सुसिल राई, राजन मगर र रिवाज राई गोल गर्न सकेनन् । उद्घाटन खेलको म्यान अफ दि म्याच डिपो(रातो)का मञ्जिल राई घोषित भएका थिए ।
प्रतियोगिता आगामी माघ १० गतेसम्म सञ्चालन हुनेछ । धरान, इटहरी, हाँसपोशाक्षेत्रका १५ वटा स्कुलबाट १६ वटा टिम सहभागी भएको आयोजक डिपोट उमाविले जानकारी दिएको छ ।
प्रतियोगितामा आयोजकको दुई वटा टिम सहभागी छ भने नवोदय विद्यामन्दिर, युनाइटेड गोर्खा एकेडेमी, भिक्टोरी रेसिडेन्सियल स्कुल, एसओएस बालग्राम इटहरी, होलील्याण्ड इन्टरनेश्नल बोर्डिङ स्कुल, सृर्जना इङ्लिस बोर्डिङ स्कुलको टिम सहभागी छ । यस्तै, श्री सैनिक आवासिय मावि, दिल्ली पब्लिक स्कुल, लिर्बटी रेसिडेन्सियल स्कुल, पूर्वाञ्चल क्षेत्रीय प्रहरी स्कुल, सनराइज इङ्लिस बोर्डिङ स्कुल, विष्णु मेमोरियल उमावि, लोटस विद्या विहार स्कुल र हिमशिखर इङ्लिस बोर्डिङ स्कुलको टिमले पनि सहभागीता जनाएको छ । पहिलो चरणमा पराजित टिमले पुनः प्लेट च्याम्पियनसिप उपाधिको लागि खेल्ने अवसर पाउनेछन् । विजेताले रनिङ शिल्डसहित नगद पुरस्कार ७ हजार पाउनेछ भने उपविजेताले नगद ५ हजार र तृतीयले नगद ३ हजार पाउनेछ । यसैगरि, प्लेट च्याम्पियनसिपतर्फ पनि पुरस्कार बढाएर विजेतालाई शील्डसहित ३ हजार र उपविजेतालाई २ हजार दिइनेछ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष श्रवणकुमार लिम्बूको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन प्याब्सन सुनसरीका अध्यक्ष नरबहादुर थापाले गरेका थिए ।















Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे