१० औं राष्ट्रिय उसुमा एपिएफ टिम च्याम्पियन(फोटोफिचर)


धरान । प्रथम लुम्बिनि राष्टिय च्याम्पियनसिप अन्र्तगतको १० आंै राष्ट्रिय उसु प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एफिएफ क्लब टिम च्याम्पियन बनेको छ ।
धरानमा बुधबार सम्पन्न प्रतियोगितामा कुल ९ स्वर्ण र २ रजत जितेर एपिएफ टिम च्याम्पियन भएको हो । यसैगरि, अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबले ५ स्वर्ण, १ रजत र ३ काँस्य जित्दै दोस्रो भयो भने सिन्धुपाल्चोक जिल्लाले २ स्वर्ण र २ रजत जित्दै तेस्रो भयो । प्रतियोगितामा मोरङले २ स्वर्ण र एक काँस्य जित्यो भने भक्तपुरले एक स्वर्ण र दुई रजत जित्यो । यसैगरि, काठण्डौंले पनि एक स्वर्ण, एक रजत र ३ काँस्य जित्यो । कैलाली, काँस्की र सुर्खेत जिल्लाले एक÷एक स्वर्ण हात पार्यो ।
टिम च्याम्पियन बनेको एपिएफको लागि महिला छाङ छ्वान विद्यामा सुस्मिता तामाङ, र पुरुष नान छ्वान÷नान कुन सुतर्फ सन्नि श्रेष्ठले स्वर्ण पदक दिलाए भने पुरुष ताओ सु÷कुन्सु विद्यातर्पm रिन्जि शेर्पाले एपिएफलाई स्वर्ण दिएका थिए ।सान्सौ पुरुषतर्फ ४८ केजीमा अशोक खालिङ, ५२ केजीमा राजकुमार राई, ५६ केजीमा अमर सुनार, ६० केजी तौलमा मंगलप्रसाद थारु, ८० केजीमा निकेश श्रेष्ठ र महिला ६० केजीमा चाहना बम्जन लामाले एपिएफलाई स्वर्ण पदक दिलाए ।
यस्तै, प्रतियोगितामा दोस्रो भएको त्रिभुवन आर्मी क्लबको लागि महिला थायची छवान÷थायची चेनतर्फ सबिता राई र महिला चियान सु÷छियाङ सुमा ओशिन राईले स्वर्ण पदक दिलाइन् । यसैगरि, सान्सौ पुरुषतर्फ ७० केजी तौल समुहमा चिसासंङ ठकुरी, ८५ केजीमा रमेश तामाङ र महिला ५६ केजीमा जुनी राईले स्वर्ण दिलाए । तेस्रो भएको सिन्धुपाल्चोक जिल्लाको लागि पुरुष थायची छवान÷थायची चेन विद्यातर्पm आङबाबु लामा र सान्सौ पुरुषतर्पm ६५ केजीमा सोमबिर तामाङले स्वर्ण दिलाए । यसैगरि, मोरङ जिल्लाको लागि पुरुष छाङ छवानमा विजय सिन्जाली र सान्सौ पुरुषतर्फ ७५ केजी तौल समुहमा रामे कुमार राजवंशीले स्वर्ण पदक दिलाए ।
प्रतियोगितामा काठमाण्डौं जिल्लाको लागि महिला नान छवान÷नान नाव सु विद्यामा मन्जरी मर्हजनले एक मात्र स्वर्ण दिलाइन् भने भक्तपुर जिल्लाको लागि महिला सान्सौतर्फ ६५ केजी तौलमा लुमन्ति श्रेष्ठले एक स्वर्ण दिलाइन् । यस्तै, महिला सान्सौतर्फ ५२ केजी तौलमा कास्कीकी झरना गुरुङले एक स्वर्ण जितिन् भने महिला ४८ केजी तौलमा कैलाली जिल्लाकी हिरा चौधरी र ७० केजी तौलमा सुर्खेतकी निलम राम्जालीले पनि आफ्नो जिल्लालाई एक÷एक स्वर्ण दिलाइन् । प्रतियोगितामा दुईलिनतर्फ रुकुम जिल्लाका विश्व बुढामगर र अशोक बुढा मगरको जोडीले स्वर्ण जित्यो ।

माघ ११ गतेदेखि सञ्चालनमा आएको प्रतियोगितामा थाउलो विद्यामा पुरुषतर्फ सिन्धुपाल्चोक जिल्लाका आङबाबु लामा र महिलातर्फ त्रिभुवन आर्मी क्लबकी सविता राई सर्वोत्कृष्ट खेलाडी घोषित भए भने सान्सौ विद्यातर्फ पुरुषमा बाँके जिल्लाका सरोज पुन र महिलामा काभ्रेकी झरना गुरुङ सर्वोत्कृष्ट खेलाडी हुदै पुरस्कार हात पारे । प्रतियोगितामा विजेता खेलाडीहरुलाई सुनसरी जिल्ला उसु संघका अध्यक्ष रमेश राई, प्रमुख अतिथि एवं राखेपका कोषाध्यक्ष इन्द्रबहादुर थिङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र चोङबाङ, राखेप सदस्य कुसुम श्रेष्ठलगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।













Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे