सम्यकको २० औं बार्षिकोत्सवमा छात्रवृत्ति वितरण


धरान । सामाजिक संस्था सम्यक शिक्षा समूहले २० औं बार्षिकोत्सवको अवसरमा छात्रवृत्ति वितरण गरेको छ । संस्थाको शनिबार स्वयम्भु चैत्य महाविहरको सभाहलमा आयोजित बार्षिकोत्सवमा गरिब तथा निम्न अवस्थाका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो ।
सम्यकले धरान १५ खोरिया बस्तीस्थित श्री जनता प्राथमिक विधालयका एघार जना र धरान १७, उदय टोलका १३ जना विधार्थीहरुलाई ‘सम्यक छात्रवृत्ति’ वितरण गरेको हो । जसअन्र्तगत ती विद्यार्थीहरुलाई कपि, पेन्सिल, कलर पेन, कलर बुक, रुमाल, विद्यालय पोशाक, स्विटर लगायत शैक्षिक सामग्रीहरु दिइएको संस्थाले जनाएको छ । त्यसबाहेक, विद्यालयलाई खेलकुद सामाग्री पनि दिइएको थियो । गत शैक्षिक सत्रदेखि गरिबीको कारण बीचैमा पढाई नछाडुन् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गर्न थालेको संस्थाका अध्यक्ष सन्दिप शाक्यले जानकारी दिए ।
छात्रवृत्ति कार्यक्रमलाई देश तथा विदेशमा रहेका विभिन्न व्यक्ति र संघसंस्थाहरुबाट सहयोग भइरहेको समुहले जनाएको । समुहका अनुसार हाल कतारमा रहेका गगन नेपाली, राहुल चौधरी(दाङ हाल भारत), प्रविण अग्रवाल(धरान), बिजय थापा मगर(धरान, हाल काठमाडौं), अमित शाक्य(धरान, हाल बेलायत), धरान दुबई हेल्पिङ्ग हेण्डस्(यू.ए.इ),नारायण दुख्ब्देनहाङ्ग राई( हाल अष्ट्रेलिया),सम्यक सम्बोधि प्राणपुत्र भिक्षु( उर्लाबारी), नबिन लामिछाने(पोखरा),सुबोधा श्रेष्ठ(हाल अमेरिका), विजयपूर एफ.एम(धरान, सुनसरी), मदन भुजेल(जनकपुर, हाल साउथ कोरिया), निभा श्रेष्ठ(हाल यु.एस.ए),भिमराज खड्का(धरान, हाल अमेरिका), डम्बर कर्माचार्य (उपकार)धरान, मुईया राई, धरान १५ र सन्दिप शाक्य रहेको संस्थाले जनाएको छ ।
सत्र्कम गर्न नहिच्किचाऔं भन्ने मुल नारा बोकेको यो संस्थाले बार्षिकोत्सवको अवसमार फरक क्षमता भएका दुई व्यक्तिहरुलाई बैशाखी र कम्बल पनि वितरण गरेको थियो । यस्तै, झिगु समाज, धरानले निर्माण गरिरहेको शवदाह स्थलका लागि नगद १० हजार एक सय एक रुपैया आर्थिक सहयोग पनि हस्तान्तरण गरेको थियो । सोही अवसरमा संस्थालाई महत्वपुर्ण सहयोग पुर्याउने दानबहादुर शाक्य र दुर्गाप्रसाद शाक्यलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
२०५० सालमा स्थापना भएको यो संस्थाले स्थापनाकाल देखि नै बालबालिका, शिक्षा, स्वास्थ्य, वातावरण जस्ता विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ । समूहका अध्यक्ष सन्दीप शाक्यको अध्यक्षतामा आयोजित बार्षिकोत्सवमा परिवार नियोजन संघ सुनसरीका सभापति माधव गोविन्द श्रेष्ठ प्रमुख अतिथी रहेका थिए भने समूहकी पूर्वअध्यक्ष विद्या शाक्य, देबेन्द्र शाक्यलगायत अतिथि थिए ।





Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे