१० औं ललित-अम्बर डिपो कपमा हिमशिखर च्याम्पियन


धरान । प्राथमिक तहको १० औं जिल्लास्तरीय ललित–अम्बर डिपो कप ०७० को उपाधि तरहरास्थित हिमशिखर बोर्डिङ स्कुलले जितेको छ ।
डिपो उच्चमाविको खेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा धरानको होलिल्याण्ड इन्टरनेशनल बोर्डिङ स्कुललाई १–० को झिनो गोलअन्तरले हराउदै हिमशिखरले उपाधि उचालेको हो । हिमशिखरको जितको लागि यासन राईले निर्णायक गोल गरे । पहिलो पटक सहभागी हिमशिखरले प्रतियोगितामा प्रभावशाली प्रर्दशन गर्दे उपाधिसमेत उचाल्न सफल भयो । यसपटक प्रतियोगितालाई जिल्लास्तरीय बनाइएको कारण हिमशिखरले पहिलो पटक सहभागिता जनाउने अवसर पाएको थियो ।
रोचक एवं प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको खेल सकिन एक मिनेट मात्रै समय बाँकी हुदा निर्णायक गोल भएको थियो । यासिनको लामो प्रहारलाई होलिल्याण्डका गोलकिपरले पञ्च गरेपनि माथिल्लो पोष्टमा ठोक्किदै गोलमा परिणत भएको थियो । त्यसअघि पनि हिमशिखरको केही प्रहार गोलपोष्टमा ठोक्किदै फर्किएको थियो । जितसँगै हिमशिखरले नगद ७ हजार र रनिङ ट्रफी उचाल्यो भने उपविजेता होलिल्याण्डले नगद ५ हजार र उपविजेता ट्रफीमै चित्त बुझायो । फाइनल खेलको म्यान अफ दि म्याच होलिल्याण्डका गोलकिपर उत्तम राई घोषित भए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुदै हिमशिखरका असिम राईले नगद एक हजार पनि पाए । प्रतियोगितामा ५ गोल गरेका हिमशिखरका समिर राईले उच्च गोलकर्ताको पुरस्कार थापे ।
यसैगरि, प्रतियोगितामा तेस्रो भएको सैनिक आवासिय महाविद्यालयले नगद ३ हजार थाप्यो भने प्लेट च्याम्पियनको विजेता डिपो रातोलाई पनि शुक्रबार नै नगद तथा ट्रफी वितरण गरिएको थियो । प्लेट च्याम्पियन डिपोले नगद ३ हजार र उपविजेता लिबर्टी रेसिडेन्यिसल स्कुलले नगद १५ सय थाप्यो । विजेता, उपविजेता खेलाडीहरुलाई डिपोट उच्चमावि व्यवास्थापन समितिका अध्यक्ष श्रवणकुमार लिम्बू, उपाध्यक्ष नन्दकुमार राई, प्रमुख अतिथि अम्बरबहादुर लिम्बू, प्रतियोगिताका संयोजक भिमराज लिम्बू, इन्द्रमाया लिम्बूलगायतले पुरस्कार वितरण गरेका थिए ।

























Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे