दन्तकाली मन्दिरमा 'डन्ट ब्रेक माई हर्ट'को शुभमुर्हत


धरान । मोफसलका कलाकारहरुले भरिएको नेपाली चलचित्र डन्ट ब्रेक माई हर्टको बुधबार धरान १४ स्थित दन्तकाली मन्दिरमा शुभमुर्हत गरिएको छ ।
शुभमुर्हतलगत्तै चलचित्रको सुटिङ पनि शुरु भएको सो चलचित्रकर्मीहरुले बताएका छन् । दन्तकाली मन्दिर परिसरमा आयोजित शुभमुहर्त कार्यक्रमका प्रमुख अतिथि एवं कोशी अञ्चल प्रहरी कार्यालयका एसएसपी यादवराज खनालले क्यामेरा अन गरेका थिए । डन्ट ब्रेक माई हर्ट प्रेमकथामा आधारित चलचित्र भएको निर्देशक दिनेश पौडेलले बताए । उनका अनुसार चलचित्रमा द्धन्द र गीतलाई पनि मेहनत गरेर प्राथमिकता दिइएको छ । साथै, सन्तानप्रति अभिभावक कति जिम्मेवार हुनुपर्छ भन्ने सन्देश पनि चलचित्रले दिनेछ । ‘माया प्राप्ती मात्रै होइन, त्याग पनि हो’–चलचित्रबारे निर्देशक पौडेलले भने ।
दिक्षा फिल्मस् प्रालिको ब्यानरमा बन्न लागेको चलचित्रको करिब ८० प्रतिशत छाँयाकन पूर्वी नेपालको विभिन्न जिल्लामा गरिने छ । धरान, धनकुटा, भडेटार, कोशी व्यारेज, इटहरी, झापा, इलामका साथै काठमाण्डौंमा पनि छाँयाकन गरिने निर्देशक पौडेले बताए । पौडेलका अनुसार यो उनको १७ औं चलचित्र हो । यसअघि उनले द मोस्ट वान्टेड, जस्ट फर यु, करामदलगायत अन्य साना गरी डेढ दर्जन चलचित्रको निर्देशन गरिसकेका छन् ।
चलचित्रको शुभमुर्हतमा क्यामेरा अन गर्दै कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी यादवराज खनाल ।
चलचिलमा माधव केसी र आकाश आचार्य नायकको भुमिकामा छन् भने नायिकामा कविशा श्रेष्ठ र इसा गौतम छिन् । मुख्य चार कलाकार मध्ये नायक आकाशको यो चललित्र डुब्यु हो । यी चार कलाकारबाहेक शम्भु भटराई, कल्पना पाण्डे(आचार्य), राजन भण्डारी, आनन्द बस्नेत, पूजा श्रेष्ठ, कमल राई, कृष्ण नेपाल, पूनम लिम्बूलगायतको पनि चलचित्रमा भुमिका छ । बालकलाकारकोरुपमा सौजन्य पौडेल र ज्योति खड्का पनि देखिनेछन् ।
चलचित्रमा निर्मातामा अनिल बुढाथोकी र डम्बर श्रेष्ठ छन् भने कथा, पटकथा र संवाद प्रेम बास्तोलाले लेखेका छन् । छाँयाकनमा महेन्द्र थापा, संगति ओम सुनार र राम कार्कीले भरेका छन् । चलचित्रको लागि दिनेश सुवेदी, राम कार्कीले गीत रचेका छन् भने गायक दिपक लिम्बू, मिलन आमात्य, सुजतना बाराकोटी, ओम सुनार, रमेश आचार्य र अञ्जु गौतमले स्वर दिएका छन् । चलचित्र करिब ३० लाखको लागतमा निर्माण हुने अनुमान गरिएको निर्माण पक्षले जनाएको छ । एक महिनाभित्र सुटिङ सक्ने र बैशाख १ गते रिलिज गर्ने लक्ष्य राखिएको निर्देशक पौडेलले जानकारी दिए ।






Comments

धेरै पढिएको

लाहुरे बन्ने धुनमा पढाई र भविष्य डामाडोल

अनुषा मृत्यु प्रकरण, वलिमान र पदमकुमारी कारागार चलान

मनकारी धराने महिलाहरु, जसले अपरिचितलाई उपचार खर्च जुटाए

बजार जोगाउन धरानमा बाइपास सडक, सेउती करिडोरको डिपिआर तयार हुदै

ड्रोनबाट धरानमा एयरपोर्टको सर्वे